
चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य कुमार खड्काका पिता बागलुङ नगरपालीका वडा नं. ३ गुठी निवासी लोकवहादुर खड्काको ७३ वर्षको उमेरमा भएको निधनप्रती समवेदना व्यक्त गरेको छ ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्व सञ्चालक तथा कर्मचारीहरुको टोलीले १२ औँ दिनको पुण्य तिथीको क्रममा स्व. खड्काको निवासमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।
श्रदाञ्जली सभामा संस्थाको तर्फवाट सल्लाहाकार देववहादुर श्रेष्ठले समवेदना पत्र र अध्र्वदैहीक कर्मका लागि संस्थाको नियमानुसार रु. ५ हजार आफन्तजनलाई हस्तान्तरण गरेका थिए ।
श्रदाञ्जली सभामा बोल्दै संस्थाका अध्यक्ष पौडेलले स्व. खड्का समाजिक एवं क्रियाशिल व्यक्तित्व भएकाले उहाँलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. खड्काले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गरेका थिए ।