२९ बैशाख २०८२, सोमबार

 

निसीखोलामा मतदाता शिक्षा कर्मचारीको हातबाट मतपत्र च्यातियो

बाग्लुङको क्षेत्र नं २ अन्र्तगत निसीखोला गाउँपालिकामा मतदाता शिक्षा कर्मचारीले गाउँमा मतदातलाई सिकाउन भनी लगिएको नमुना मतपत्र सहित चुनाव प्रचारका लागि प्रयोग गरीने पोस्टर अपरिचित समुहद्धारा बरामद सँगै नस्ट गरेका छन् ।

शनीबार दिउसो करिब १ बजेको समयमा निसीखोला ३ को याङम्याङ र वडा नं ४ मा नमुना मतपत्र र पोस्टर लिएर मतदातालाई सिकाउन हिंडेका चारजना महिला मतदाता शिक्षा कर्मचारी लाई याङम्याङको जँगलमा घेराहाली उनिहरुसँग भएको नमुना मतपत्र र पोस्टर जबरजस्ति खोसेर च्यातेको र आफुहरु चुनाव बिरोधि शतिm विप्लव समुह भएको भन्दै आगामी दिनमा मतदातालाई सिकाउने अभियानमा हिंडेको पाएमा जस्तो सुकै कारबाहि गरीने चेतावनी दिएर भागेको वडा नं ३ कि मतदाता शिक्षा कर्मचारी निरमाया शाहिले बताईन ।

चार जनाको समहुमा आएका उनिहरुले झोला, परिचय पत्र, पोस्टर र नमुना मतपत्र जलाउने प्रयास गरेपनी ज्वलनशिल पर्दाथ नभएका कारण झोला र परिचयपत्र जोगाउन सफल भएको निरमायाले बताईन । घटना थाहापाय लगत्तै प्रहरी चौकि झिवाखोलाको टोली त्यसक्षेत्रमा खटिएको छ ।

वडा नं ३ प्रभामावि मतदान केन्द्रका निरमाया शाहि र सुमित्रा शाहि, वडा नं ४ जनमावि झिम्पा मतदान केन्द्रका कर्मचारी राधिका सर्मा र सुमित्रा पौडेले भौगोलीक रुपले टाढा र जंगलको बाटो भएका कारण सँगै आ आफनो क्षेत्रमा जान लागेका थिए । बाग्लुङमा यहि मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी तिब्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung