२९ बैशाख २०८२, सोमबार

 

अफिसर्स क्लवले ग¥यो खापुङ र ढकाललाई विदाई

अफिसर्स क्लव बागलुङबाट बुधबार सरुवा भै जान लागेका बागलुङ जिल्ला प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ र अनिवार्य अवकास हुन लागेका घरेलु तथा साना उद्योग विकास कार्यालय बागलुङका प्रमुख एवं कार्य समितिका सचिव विश्व प्रेम ढकालको बिदाई गरिएको छ ।

कार्यक्रममा विदाई भएर जाने खापुङले आफ्नो कार्य अवधिमा सबैको साथ सहयोगले आफुलाई काम गर्न सहज भएको बताए । यसैगरि ढकालले बागलुङको बसाइँ उपलब्धि मुलक भएको र सबै सँग हातेमालो गरेर काम गरेको बताए ।

सोही कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण इकाई बागलुङ जिल्ला कार्यालय प्रमुख भुवनेश्वर लामिछाने र विद्युत प्राधिकरण बागलुङ शाखा प्रमुख कपिल पाण्डेको स्वागत मन्तव्य राखेका थिए ।

क्लबका कार्यवाहक अध्यक्ष पूर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी राम प्रसाद आचार्यले विदाइ मन्तव्य , सुर्यप्रसाद चापागाई को स्वागत र सह–सचिव सरिता देवी शर्माको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung