१ जेष्ठ २०८१, मंगलवार

 

गरिमा विकास बैङ्कले ग¥यो जेष्ठ नागरिकलाई कपडा वितरण

गरिमा विकास बैङ्कले ११ औ वार्षिक उत्सवको अवसरमा बिहीबार बेनी नगरपालिका ९ गलेश्वर स्थित वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । ४५ जना जेष्ठ नागरिकहरुलाई एक/एक थान ज्याकेट प्रदान गर्नुका साथै भोजन गराइएको थियो ।

बैङ्कका सञ्चालक तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, वरिष्ठ व्यवस्थापक अनुमान श्रेष्ठ लगायत पुर्व सञ्चालक र कर्मचारीहरुले कपडा वितरण गरेका हुन । प्रमुख अतिथि समेत हरेका सञ्चालक श्रेष्ठले बैङ्कले वार्षिक आम्दानीको तिन प्रतिशत सामाजिक क्षेत्रमा लगानी गरेको जानकारी गराए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ नागरिकहरुलाई सहयोग गरिएको बताए ।

वरिष्ठ व्यवस्थापक अनुमान श्रेष्ठको अध्यक्षता, बेनी शाखाका प्रबन्धक कमल ढुङ्गानाको स्वागत र बाबियाचौर शाखाका प्रबन्धक प्रकाश ओझाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बेनी नगरपालिका ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल र गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिए ।

बेनीमा वि.स २०६४ मा स्थापना भएको निलगिरी विकास बैङ्क डेढ वर्षअघि गरिमासंग गाभिएको थियो । गरिमा विकास बैङ्कले सदरमुकाम बेनीका साथै म्याग्दीको मालीका गाउँपालिकाको दरवाङ, मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीमा शाखा खोलेर सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्