
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन अन्तरगत बरेङ गाउँपालिका बडा न. २ को बराहकोट प्रावि को मतदान केन्द्रमा महिला ९ सय ९, पुरुष ८ सय १९, गरी १ हजार ७ सय २८ मत खसेको बताईएको छ । त्यस्तै बरेङ गाउँपालिका बडा न १ धुल्लुबास्कोट लिउवा मतदान केन्द्र मा १ हजार ७ सय ९८ मत खसेका छ । बरेङ गाउँपालिका वडा न ३ बाटाकाचौर मा १ हजार १ सय ९४ मत खसेको बताईएको छ ।
बरेङ गाउँपालिका वडा न ४ सल्यानमा ५ सय ५० मत खसेको छ । बरेङ गाउँपालिका ५ सुखौरा मा ४ सय ४२ मत खसेको जानकारी प्राप्त भएको छ । जैमिनी नगरपालिका वडा न १० राङखानी मावि मतदान केन्द्रमा ८ सय २४ महिला, ६ सय ९८ पुरुष गरी १ हजार ५ सय २२ मत खसेको छ ।
जैमिनी नगरपालिका वडा न ८ छिस्तीमा १ हजार ७ सय ६६ मत खसेकोे छ । जैमिनी वडा न ५ बिनामारे मा १ हजार १सय ४० मत खसेकोे छ । त्यस्तै जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा ८ सय ९२ मत खसेको छ । त्यस्तै जैमिनी नगरपालिका वडा न ७ जैदिमा बोर भगवती प्रावि मतदान केन्द्रमा १ हजार ६ सय २० मत खसेकोे बताईएको छ ।
त्यस्तै जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थापको पोखरी बारीको मतदान केन्द्रमा १ हजार ६ सय ३० मत खसेकोे बताईएको छ । त्यस्तै जैमिनी नगरपालिका वडा न ४ सकुर्वामा १ हजार ५० मत खसेको बताईएको छ ।
जैमिनी नगरपालिका वडा न १ कुश्मीसेरामा १ हजार ६ सय मत खसेको छ । त्यस्तै जैमिनी नगरपालिका दमेक वडा न २ मा १ हजार १ सय ९७, जैमिनी नगरपालिका वडा न ३ दमेक ९ सय ५७ मत खसेका बताईएको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएकोे बताईएको छ ।