१ जेष्ठ २०८१, मंगलवार

 

गरिमा बैंकको भुरुङ तातोपानी शाखा पोखरेबगरमा स¥यो

गरिमा विकास बैङ्कको म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी बजारमा रहेको शाखा सोमबार सोही गाउँपालिकाको केन्द्र पोखरेबगरमा स्थानान्तरण भएको छ ।

वि.स २०६७ देखि भरुङ तातोपानीबाट वित्तिय सेवा दिदै आएको बैङ्कले संघिय व्यवस्थाको नयाँ संरचना अनुसार गाउँपालिकाका सबै बासिन्दालाई समेट्ने गरी पोखरेबगरमा शाखा स्थानान्तरण गरेको हो ।

गाउँपालिकाको केन्द्र रहेकै स्थानमा बैङ्कको शाखा भएपछि नियमित वित्तिय सेवाका अलावा गाउपालिका मार्फत सञ्चालन हुने योजनाको लागि खाता खोल्न र भुक्तानी लिन सहज हुने अपेक्षा गरिएको छ ।

शाखाले अन्नपूर्ण गाउँपालिकाको सबै वडाका बासिन्दालाई लक्षित गरेर सेवा दिइरहेको प्रबन्धक जितबहादुर गर्बुजाले बताए । म्याग्दीका छ वटा स्थानीय तह मध्य रघुगंगा र धौलागिरी गाउँपालिकामा बैङ्कको पहुच पुग्न सकेको छैन् । बैङ्क नहुदा सरकारी कारोबारका लागि त्यहाका बासिन्दा सदरमुकाम बेनी र दरवाङ पुग्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्