३० बैशाख २०८२, मंगलवार

 

पाण्डवखानीका २ सय ८ घरदुरी अन्धकारमा

गलकोट नगरपालिका १० पाण्डवखानीे साविक पाण्डवखानी गाविसका वडा ५, ७, ८ र ९ का करिब २ सय ८ घरदुरी मंगलबारदेखि अध्यारोमा बस्न बाध्य भएका छन ।

माउखोला लघु विद्युत परियोजनाको जेनेटर बिग्रीदा अध्यारोमा बस्न बाध्य भएका हुन । विद्युत नहुँदा ग्रील उद्योग, फर्निचर उद्योग, कुखुरा फार्म लगाएतका साना तथा घरेलु उद्योग सञ्चालनमा समस्या आएको छ ।

साथै मोबाइल, लाइट चार्ज गर्न, खाना पकाउनु साथै विद्युतबाट चल्ने सबै सामग्री थप्प भएका छन । जेनेरेटर बुटवलबाट लिएर जडान गरि बल्ल सञ्चालनमा आउने परियोजनाका अध्यक्ष गणेश शेरचनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung