गाउँका जनताहरुलाई लगानी गर्ने लक्ष्यका साथ ग्लोबल आईएमई बैंकले साना तथा मझौला व्यवसायीक कर्जाको कार्यक्रम ल्याएको छ । बैंकले ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरि न्युनतम दुई लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ। नेपाल सरकार, राष्ट्र बैंक, ग्लोबल आइएमइ बैंक र जर्मन सरकारको आर्थिक साहायता अन्तरगत केएफडब्लु डेभलपमेन्ट बैंक बिच ग्रामीण भेगमा लगानी गर्ने उद्देश्यको साथ सम्झौता भएको हो । ग्लोबल आइएमइ बैंकलाई कुल पाँच मिलियन युरो अर्थात ५१ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने छ ।
केएफडब्लुको चार मिलियन युरो सहुलियत ऋण हो भने एक मिलियन युरो भने बैंकको ऋण लगानी पूर्वाधार सुधार, तालिम, प्रडक्ट पेपर डिजाइने, परियोजना सञ्चालनका लागि हो । यो रकममा ब्याज तिर्नु पर्दैन भने साँवा पनि फिर्ता गर्नु पर्दैन ।
सम्झौता अनुसार ग्लोबल बैंकले एक करोड रुपैयाँ लगानी गरेमा केएफडब्लुले अर्को एक करोड रुपैयाँ सहुलियत रकम उपलब्ध गराउने भएको छ ।
ग्लोबल आइएमइले सबै ठाउँमा बैंकिङ पहुँच पुर्याउने लक्ष्यका साथ शाखा, एक्सटेन्सन काउन्टर र शाखारहित बैंकिङ सेवा मार्फत ग्रामीण क्षेत्रमा पहुँच विस्तार गरेको छ ।













































































































































































































