३० बैशाख २०८२, मंगलवार

 

भूतपूर्व सैनिकको बैठक

जैमिनी नगरपालिका–१० राङखानीमा भुपू संगठनको बैठक सम्पन्न भएको छ । भूपु सैनिक सुबेदार छबिलाल श्रीसको अध्यक्षतामा १० औं बैठक सम्पन्न भएको हो । बैठकमा मृत्यु भएका भुपू सैनिकहरु प्रति श्रद्धाञ्जली समर्पण गर्दै भुपु सैनिकहरूले समाजिक दिगो विकासको लागि र भैपरी आउने भुपुहरू लाई सहयोग पु¥याउने उद्देश्यले जम्मागरेको रकÞम ९ लाख १८ हजÞार ५० रुपैया मध्ये २८ हजÞार ५० रुपैया नगद तह बिलमा राखी ८ लाख ९० हजार पुन सम्पूर्ण भुपुहरुमा लगानी गरेको छ ।

प्रत्येक वर्ष १ हजारको दरले सम्पूर्ण भुपुहरुले संकलन गरेको रकमले जैमिनी नगरपालिका १० का भुपुहरूले भैपरी आउने भुपूहरुलाई सहयोग गर्दै आईरहेको छ । बैठकले भुपू संगठनलाई दर्ता प्रक्रियामा लगि संस्थागत गर्ने र यस वर्षको लेखा परिक्षण गरि आगामी पुसको ८ गते सम्पूर्ण जैमिनी नगरपालिका १० को भुपु भेला गर्ने निर्णय गरेको छ ।

बैठकमा ४३ जना भारतीय भुपु सैनिक ,भुपु शिक्षक, भुपु नेपाल सेना ,भुपु नेपाल प्रहरीको सहभागिता रहेको थियो । यस संगठमा जैमिनी नगरपालिकाका वडा नं १० का १ सय १३ जना भुपु आबद्ध रहेका थिए भने संगठनमा आबद्ध रहेको भुपुहरुको मृत्यु पश्चात शोकाकुल परिवार लाई रु १० हजÞार सहयोग दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung