३० बैशाख २०८२, मंगलवार

 

धेरै कमाउने आकाङ्क्षा नराख्ने पौडेल सफल व्यवसायी

हरेक मानिसका लागि सफलताको पहिलो खुड्किलो सकारात्मक सोचे नै हो । ‘अरुको सफलतामा ईष्र्या गर्ने होईन मेहनतको जगमा आफ्नो भविष्य आफै बनाउनुपर्छ,’ भन्ने आदर्शलाई पछ्याउँदै अघि बढेका एक व्यवासयी हुन्, बागलुङ बजारका ‘दयारामा पौडेल’ ।

पर्वतको पाङमा जन्मिएका पौडेलको व्यवसायीक कर्मथलो भने धौलागिरीको सदरमुकाम बागलुङ बजार बन्न पुग्यो । व्यापारमा लाग्ने प्रेरणा घरपरिवारबाटै पाएको पौडेल बताउँछन् । उनका बुबाले विसं २०२८ सालमा पाङ गाउँमै पसल चलाएका थिए । त्यसको ठ्याक्कै २६ वर्षपछि पौडेलले बागलुङ बजारमा निर्माणका सामग्री विक्री गर्ने पसल सुरु गरे ।

त्यही पसल हो, अहिले बानपा–२ मिलिजुली टोलमा रहेको ‘सृष्टि हार्डवयर’ । ‘त्यस बेलाका धेरै मेरा साथीहरु विदेश गए तर मलाई विदेश जाने सोच कहिल्यै आएन,’ पौडेलले भने, ‘मेरो बुबाले गाउँमै गरेको पसलबाट व्यापारतिर लाग्ने प्रेरणा पाएँ ।’

यो पसलमा सिमेन्ट, छड, पोलिथिन पाईप, रङ रोगन, सेनेटरी आईटम लगायत विभिन्न प्रकारका निर्माण सामग्री पाईन्छ । उनले मुख्य त ब्रिज सिमेन्ट, अम्बे स्टिलको छड, नेपाटप, नारायणी र विसाल पाईप तथा कन्साई, नेरोल्याक र एपोलो रङ विक्री गर्छन् । नेपाटपको ट्याकी, पिपिआर पाईप र काँटी, कब्जा पनि पाईन्छ, सृष्टि हार्डवयरमा ।

२०५४ सालमा उनले पसल सुरु गर्दा अहिले जस्तो सजिलो भने थिएन । पोखरा, बिरगंजबाट सामान ल्याउनु पथ्र्यो । तर, त्यसबेला ठुलोमात्रमा निर्माण सामग्री बागलुङसम्म ल्याउने कोही थिएन । सबै प्रकारका निर्माण सामग्री विक्री गर्ने पसल बागलुङमा नभएको र पोखरा पुगेर सामान ल्याउन साना व्यवसायीले धेरै झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उनी सम्झन्छन् ।

‘त्यसवेलाका साना व्यवसायीले एकैपटक ठुलो मात्रमा निर्माण सामग्री ल्याउन सक्ने अवस्था थिएन,’ पौडेलले भने, ‘थोरै थोरै सामान ढुवानी गर्न समस्या हुन्थ्यो, यी सबै सामान बागलुङमै ल्याएर एकै ठाउँबाट विक्री गर्न सके यहाँको आवश्यकता पनि पुरा हुने र त्यो व्यवसाय गर्नेले राम्रो कामाई समेत गर्नसक्ने देखेर मैले यो पसलको सुरुवात गरेको हुँ ।’

सुरुवातमा अलि कठिनाई र समस्या झेल्नुपरे पनि पछि भने व्यापार राम्रो हुँदै गयो । आफुले कष्टझेलेरै ल्याउनुपर्ने सामान पनि पोखराकै मुख्यमा ग्राहकलाई दिने गरेको पौडेलको भनाई छ । व्यवसाय राम्रो हुँदै गएपछि अस्वस्थ प्रतिस्पर्धा गर्ने र खुट्टा तान्न खोज्नेहरु पनि आए । तर उनले अरु कसैको ईष्र्या गरेनन् । निरन्तर आफ्नो पेशामा लागि रहे ।

यहि कारणले पनि उनी आफ्नो व्यवासायमा सफलता हाँसिल गर्दै गए । ‘म आफ्नो फाईदाका लागि अरुको कुभलो सोच्ने मान्छे परिन, अरुले पनि त्यसो नगरुन् भन्ने मेरो मान्यता छ,’ उनले थपे, ‘धेरै कामाउने महत्वकाङ्क्षा पनि राख्दिन, मेहनतपूर्वक काम गर्दै जाँदा त्यसको परिणाम सकारात्मक नै हुन्छ भन्ने मेरो मान्यता छ ।’

व्यवसायमा उनकी जीवन संगिनी शोमा शर्माले सुरुदेखि नै बालियो साथ दिँदै आएकी छन् । अहिले पौडेल उद्योग बाणिज्य संघ तथा अन्य सामाजिक संस्थाको काममा समेत व्यस्त रहन्छन् । यस्तोमा अधिकांश समय शोभाले नै पसलको काम धानेकी छन् ।

शोभा शर्मा

पौडेलले भैरहवा, चितवन, काठमाण्डौ, विरजञ्ज र पोखाराबाट सामान ल्याएर विक्री गर्ने गरेका छन् । उनी उद्योगी व्यवासायीको साझा संगठन बागलुङ उद्योग बाणज्य संघका महासचिव हुन् । सञ्चार उद्यामी समेत रहेका पौडेल धौलागिरीकै पहिलो टेलिभिजन ‘धौलागिरी टेलिभिजन’ का उपाध्यक्ष र पहिलो एफएम रेरियो धौलागिरी एफएमको पुर्व अध्यक्ष समेत हुन् । सामाजिक काम गर्ने उनको रुचि छ । आफु सक्रिय राजनीतिमा आउने सोच नभएको बताउने पौडेलको एक पटक बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष भएर काम गर्ने चाहना छ ।

सदरमुकाम बागलुङ बजारबाट प्रवाह हुने सेवा सुविधा स्थानीयतहको केन्द्रबाट पाईने भएपछि यहाँको व्यपार व्यवासय प्रबद्र्धनमा सरोकारवालाले नयाँ संभावनाको खोजी गर्नुपर्ने उनको धारणा छ । धौलागिरी र पदेश नम्बर–४ कै आर्थिक समृद्धि र विकासका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने उनी तर्क गर्छन् । भारतबाट मुक्तिनाथ जाने पर्यटकलाई बागलुङ कालिका, पञ्चकोट, ढोरपाटन जस्ता पर्यटकीय महत्वका स्थानमा ल्याउन सके पर्यटन मार्फत राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ ।

‘कालिगण्डकी करीडोरले यो सम्भावनालाई अझ बढाएको छ,’ पौडेल भन्छन्, ‘चीनबाट बौद्ध जन्मस्थल लुम्बिनी जाने र भारतबाट हिन्दुको पवित्र धार्मिक स्थल मुक्तिनाथ आउने पर्यटकलाई बागलुङका विभिन्न स्थानमा घुमाउन सकिने सम्भावना छ ।’ पौडेलले तीव्र रुपमा आर्थिक विकास गरेका जापान, मलेसिया, सिङ्गापुर, दुवई, थाईल्याण्ड, चीन र भारतको भ्रमण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung