
आगलागीमा परि लत्ताकपडा र खाद्यान्नको क्षती व्यहोरेकी कुश्माकी एक महिलाको परिवारलाई ग्रामिण विकास कृषि सहकारीले आर्थिक सहयोग गरेको छ ।
नवलपरासी घर भई हाल कुश्मा नगरपालिका ५ मेलमिलाप चोकको एक छाप्रोमा बस्दै आएकी साबित्री घर्तीलाई सहकारीले १८ हजार नगद सहयोग गरेको हो ।
घर्तीको छाप्रोमा मंगलबार सा“झ विद्युत सर्ट भएर आगलागी हुँदालत्ताकपडा, खाद्यान्न र भाँडाकुँडा समेत गरि एक लाख भन्दा बढीको क्षती भएको थियो । सामान्य चियापसल र ज्याला मजदुरी गर्दै आएकी घर्तीको परिवार आगलागीपछि बिचल्लीमा परेको छ ।
उनलाई ग्रामिण विकास कृषि सहकारीका अध्यक्ष लेखनाथ शर्मा, प्रबन्धक राजु शर्मा तथा सदस्य प्रभा श्रेष्ठको सक्रियतामा ३६ जना शेयर सदस्यहरुले प्रतिव्यक्ति पा“च सयका दरले रकम संकलन गरि सहयोग गरेका हुन् । सहयोग रकम बुधबार सा“झ कुश्मा नगरपालिका ५ की वडाध्यक्ष चन्द्रकला भारतीले पीडितलाई हस्तान्तरण गरिन् ।
रकम र लत्ताकपडा हस्तान्तरण गर्दै भारतीले दुःखमा परेका परिवारको सहयोग गरेको सहकारी र सहकारीका सदस्यहरुको प्रशंसा गरिन् । उनले आर्थिक कारोबारमा मात्रै सक्रिय हुने सहकारी र नाफा कमाउन मात्रै लगानी गर्ने शेयर सदस्यहरु सामाजिक काममा पनि सक्रिय भएको देख्न पाउ“दा खुशी लागेको बताईन् ।
केहि वर्षअघि श्रीमानले बेवारिसे छोडेर बेपत्ता भएपछि घर्तीले कुश्मामा ज्यालामजदुरी गर्दै दुई छोरासहित बस्दै आइरहेकी छिन् । दुई छोराहरु दिनेश र राजेश आर्थिक अभावकै कारण कक्षा १० भन्दा माथील्लो शिक्षाबाट समेत बञ्चित भएका छन् । आर्थिक अभावका कारण छोराहरुको उच्च शिक्षा समेत दिन नसकेकी घर्तीलाई आगलागीको क्षतीपछि थप पीडा भएको छ ।