२९ असार २०८२, आईतवार

 

काठमाण्डौंदेखि बरेङसम्म सिधा बस संचालनमा

काठमाण्डौंदेखि बागलुङको बरेङ र बरेङदेखि काठमाण्डौं सिधा बस यातायात संचालन आउने भएको छ । बिहिबार साँझ साढे ५ बजे काठमाण्डौंदेखि छुटेको बा.३ ख.९१८० नम्बरको बस बागलुङ, कुश्मीशेरा, राङखानी हुदैं बरेङ गाउँपालिका – १ बरेङ पुगेको छ । पौष १ गतेदेखि बरेङदेिख काठमाण्डौं, काठमाण्डौंदेखी बरेङ नियमित यातायात संचालनमा आउने बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।  प्रत्येक दिन दिउसो १२.३० बजे बरेङदेखी काठमाण्डौंका लागि र काठमाण्डौंदेखि साँझ ५.३० बजे बरेङका लागि बस छुटने अध्यक्ष शर्माले जानकारी दिए ।

पहिलो पटक राजधानीदेखि बरेङसम्म सिधा बस संचालनमा आउदा त्यस क्षेत्रका स्थानीय निकै हर्षित भएका छन । काठमाण्डौबाट आएको गाडीलाई ठाँउ ठाँउमा रोकेर बरेङ बजार बासीले बस स्टाफ तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा वडा सदस्य क्षत्र बहादुर थापा लगायतलाई अबिर फुलमालाले भव्य स्वागत गरेका छन ।

त्यस स्थानका स्थानीयको माग र आवश्यकतालाई लक्षित गरेर सिधा यातायात संचालनमा ल्याईएको हो । अब बरेङ र त्यस आसपासका सर्वसाभारण जनतालाई काठमाण्डौ जान पहिलेको जस्तो कठिन नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung