
मध्यपहाडी लोक मार्ग अन्तर्गत बागलुङको बडिगाड गाउँपालिका २, काँडेरुख नजिकै पिकअप र मोटरसाईकल एक आपसमा ठोक्किदाँ ३ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको घाइते संगै रहेका प्रहरी हवल्दार मदन तिमिल्सीनाले जानकारी दिए ।
घाइतेको गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको मल्ल मेडिको फर्मामा प्राथमिक उपचार भैरहेको र थप उपचारको लागि हेलिकप्टर मगाइएको र हेलिकप्टर आउँदै गरेको प्रहरीले जनाएको छ ।
खर्बाङ बाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्बरको पिकअप जिप र विपरित दिशाबाट आउँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्बरका मोटरसाईकल आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।घाइते ढोरपाटन नगरपालिका वडा नं. १ का वर्ष ३६ का खगेन्द्र विसीको अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ । त्यस्तै सोहि स्थानका वर्ष २७ का सुरेन्द्र वोहोरा, २६ वर्षका भरत विसी घाइते भएका छन् ।
पिकअप जिप चालक, र क्षेति ग्रस्त गाडि खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरिक्षक लालबहादुर चौधरीले जानकारी दिए । बुर्तिबाङबाट बुटवलका लागि हिँडेका मोटरसाईकल सवार, यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा विपरित दिशा तर्फबाट गैरहेको पिकअपसंग ठोकिएको स्थानियले बताएका । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटना बिहान साढे ९ बजे तिर भएको हो ।