२२ असार २०८२, आईतवार

 

पर्वतको चिर्दीखोलामा पक्की पुल निर्माण हुँदै

पर्वतको फलेवास नगपालिका ७ लिमिठाना र १० कुर्घाको सिमानामा रहेको चिर्दीखोलामा पक्कि पुल निर्माणको काम धमाधम भैरहेको छ । स्थानीय स्तरका सडक पुल कार्यक्रम अन्तर्गत नेपाल सरकारको कुल एक करोड ७८ लाखको बजेटमा उक्त मोटरेवल पुल निमाण भैरहेको हो । मृत सञ्जीवनी एण्ड वृृन्दाञ्जल जेभीले निर्माणको जिम्मा लिएको पुलको काम २०७५ असोज मसान्त सम्म सक्ने लक्ष्य रहेको छ ।

दक्षिणी पर्वतलाई सदरमुकामसँग जोड्ने उक्त सडकमा पर्ने चिर्दीखोलामा पुल बन्न लागेपछि दक्षिणी पर्वतका करिब २ दर्जन साविकका गाविसवासीहरु लाभान्वित हुने जनाइएको छ । फलेवास नगरपालिका, महाशिला, विहादी र पैयुँ गाउँपालिकाका वासिन्दा सदरमुकाम आवाजावत गर्ने उक्त सडकमा पर्ने चिर्दीखोलामा पुल निर्माण गर्नुपर्ने आवश्यकता थियो ।

२०७५ असोज मसान्त सम्म निमार्ण सक्नुपर्ने सम्झौता भए पनि निर्माण सामाग्रीको सहज उपलब्धता नहुनु, ढुवानीमा लामो यात्रा जस्ता कारण सम्झौता भन्दा केहि समय पर धकेलिने निमार्ण कम्पनीका प्रतिनिधी गोविन्द आचार्यले बताए । आचार्यले सकेसम्म चाँडै पुल निर्माणको काम सक्ने आफुले प्रयास गरिरहेको बताए ।

पर्वत जिल्लाका ग्रामिण सडकमा पुल नहुँदा वर्षायाममा सडक अबरुद्ध हुँदै आएका छन् । गतवर्ष लमायखोला, लुङदीखोलामा यस्तै पुल निर्माण भैसकेको छ । अधिकांश सडक अब पुल बनेपछि वर्षायाममा चल्न सक्ने भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung