
गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य २०७४ लाई भयरहित, निष्पक्ष, विश्वसनियता र शान्तीपूर्ण वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीको रुपमा कार्तिक १२ गते भर्ना गरिएका म्यादी प्रहरीलाई शुक्रबार ईलाका प्रहरी कार्यलय बरेङले बिदाइ गगरेको छ ।
ईलाका प्रहरी कार्यलय बरेङका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर केसीले ३५ जना म्यादी प्रहरीको कामको उच्च मुल्याङ्कन गर्दै इमान्दारीपूर्वक खटि प्रशंसनीय कार्य गरेकोमा खुसी व्यक्त गर्दै बिदाई भई जाने म्यादी प्रहरीको उज्जवल भविष्यको शुभकामना सँगै प्रशसा पत्र प्रदान गरेका थिए ।
उनले आगामी दिनहरुमा पनि प्रहरी असल सहयोगीको रुपमा सहयोग गरिदिन अनुरोध गरेका छन । बिदाई भई जाने म्यादी प्रहरीहरुले पनि सेवा समाप्ती पछि आफनो सामान्य नागरिक जीवनमा रहँदा आगामी दिनहरुमा प्रहरीको असल सहयोगिको रुपमा सम्बन्धलाई प्रगाढ बनाई प्रहरी कामकारवाही तथा सामाजिक शान्ती सुरक्षामा समेत सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।
कार्यक्रम प्रहरी हवल्दार भुमि शर्मा, म्यादी प्रहरी जितराज कहार, दिपक क्षेत्री, लिलबहादुर थापाको बिदाई मनतव्यले मनतव्य राखेका थिए । कार्यक्रम भोज बहादुर घर्तिको सन्चालनमा सम्पन्न भएको बरेङ कार्यलय प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर केसीले जानकारी दिए ।