
साउदीमा सवारी दुर्घटनामा ज्यान गुमाएका ढोरपाटन नगरपालिका –२ सेरा धर्मशालाका राजन महतको शव सोमबार बिहान घरमा ल्याई दाहासंस्कार गरिएको छ । गत कार्तिक २७ अर्थात नोभेम्बर १३ तारिखमा साउदी स्थित वाडिवासर भन्ने स्थानमा सडक दुर्घटनमा परि ज्यान गुमाएका राजनको आफन्तजन र नेपाल राजदुतावास मार्फत शव ल्याउन पहल भएसँगै मृत्यु भएको ४३ दिनमा शव घर ल्याएको परिवार श्रोत को भनाई छ ।
रोजगारीको सिलसिलामा ८ महिना अगाडि साउदी स्थित जायत अलहुसाईन कम्पनीमा पुगेका २४ वर्षिया राजनले गएको चार महिना पछि सवारी चालकको रुपमा काम गर्दै आएका थिए । कम्पनीको सामान अन्य व्यापारीक स्थलमा पु¥याएर रातको समयमा कम्पनीतर्फ फर्कने क्रममा वाडिवासर भन्ने स्थानमा सडक अलमलमा परे आफु चढेको गाडिबाट सडकमा ओलिएकै समयमा विपरीत दिशाबाट आएको गाडिले ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको थियो ।