५ कार्तिक २०८३, बुधबार

 

नगर शिक्षाको मस्यौदा सार्वजनिक

गलकोट नगरपालिकाको आयोजना नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा गलकोट नगरपालिकाको शैक्षिक योजनाको मस्यौदामाथि छलफल तथा सुझाव संकलन कार्यक्रम मंगलबार गलकोटको हटियामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका गलकोट नगरपालिकका प्रमुख भरत शर्मा गैरेले मस्यौदा समितिले तयार पारेको नगर शिक्षा योजनाको मस्यौदा गलकोटको समृद्धिको लागि बनाइएको बताए । उनले गुणस्तरीय शिक्षाको लागि विद्यमान चुनौतीको खोजी गरी जीवनोपयोगी शिक्षा नीति कार्यन्वयनको लागि गलकोट नगरपालिका प्रतिबद्ध रहेको बताए । नगर प्रमुख गैरेले कुनै पनि बालबालिका शिक्षाको मुल धारबाट पछाडि नपरुनु भन्ने उद्देश्यका साथ सामुदयिका विद्यालयलाई आवसिय बनाउने लक्ष्य लिएको बताए ।

उनले मस्यौदा माथि संकलित सुझाबलाई समावेश गरेर नगर परिषद्बाट पारित गरेर लागु गर्ने बताए । उक्त कार्यक्रममा गलकोट नगरपालिकाका उप–प्रमुख रेनुका काउचा, जिल्ला शिक्षा कार्यलय बागलुङका जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल, शाखा अधिकृत लोकनाथ शर्मा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे ने.क.पा एमाले जिल्ला सदस्य बुलबहादुर के.सी ने.क.पा (माओवादी केन्द्र) का गलकोट संयोजक तिलक उप्रेती, राष्टिय जनमोर्चा गलकोटका संयोजक टंक बहादुर के सी गलकोटमा क्रियाशिल शिक्षक संघ संगठनको तर्फबाट एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोटका वरिष्ठ उपाध्यक्ष विरबहादुर चोखाल प्याव्सन तथा एनप्याव्सनको तर्फबाट यम श्रीस, प्रधानाध्यपकहरुको तर्फबाट पृथ्वी मा.वि हरिचौरका प्र.अ बद्रिप्रसाद ढकाल प्लान नेपालको अधिकृत विकाश रिमाल गाजा डेभलमेन्ट फाउन्डेशनका सुर्य कंडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्रोत व्यक्ति बमबहादुर थापाले शैक्षिक सर्वेक्षण मस्यौदा, स्रोत व्यक्ति दिनेश पन्तले ५ वर्षे रणनीति योजना मस्यौदा गलकोट माविका प्रधानाध्यापक देवेन्द्र खत्रीले आ.व २०७४/७५ विस्तृत कार्ययोजना गोल्डेन फ्युचर बोर्डिङ स्कृलका प्रिन्सीपल चुडामणि शर्माले आ.व २०७४/७५ को अनु्गमन योजना, जनजागृति मा.वि का प्र.अ तेजेन्द्र बुढाथाकीले गलकोट नगरपालिकाको सामाजिक साँस्कृतिक परिचय मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung