२६ असार २०८२, बिहीबार

 

५ किलो चरेस सहित एक युवा पक्राउ

निसीखोला गाउँपालिका–५ भल्कोटबाट बुर्तिबाङ तर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको यात्रु बाहक बसबाट ईलाका प्रहरी कार्यालय झिवाखोलाले करिब ५ किलो चरेस सहित निसीखोला गाउँपालिका–५ निसीका ३० वर्षिय खिमबहादुर घर्तीलाई पक्राउ गरेको छ ।

प्रहरी नायव निरिक्षक रिमबहादुर बैदवारको टोलीले गाडी चेक जाँच गर्ने क्रममा झोलामा चरेस भेटिएको निरिक्षक बैदवारले जानकारी दिए ।

पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भैरहेको र बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाउने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung