२८ असार २०८२, शनिबार

 

आगलागीबाट २ घर पूर्णरुपमा ध्वस्त

मंगलबार मध्यरातमा बुर्तिबाङ बजारमा आगलागी हुँदा २ घर जलेर पूर्णरुपमा ध्वस्त भएका छन् । बुर्तिबाङ उपल्लो बजार नेर रहेको गणेश बुढा र रामबहादुर घर्तीको पक्की तीनतले घर जलेर ध्वस्त भएको हो ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्तण ल्याउने प्रयास गरे पनि आगो नियन्तरण भन्दा बाहिर जान गक्ने अवस्था आएर बागलुङबाट दमकल लगेर आगो नियन्तरण गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

आगो स्थानीयवासी र प्रहरीको टोलीले अन्य घरहरुमा लाग्न नियन्तरण नगरेको भए ५ ओटा घरहरुमा आगो लाग्न सक्ने प्रहरी निरिक्षक रानाले बताए । राती ११:४५ बजेदेखि लागेको आगो बागलुङदेखि दमकल गएर विहान साढे ४ बजे नियन्तरण गरेको बताईएको छ ।  आगोलागिबाट कुनै मानवीय क्षती नभएको रानाले बताए । आगो लागेको कारण नखुले पनि ग्यास लिए भएर लागेको हुन सक्ने आशंका गरेको निरीक्षक रानाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung