
बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले मंगलबार विभिन्न कार्यक्रम गरेर २७ औँ वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा बेनी बजारमा ¥याली गर्नुका साथै क्याम्पसमा औपचारीक समारोहको आयोजना गरिएको थियो । क्याम्पसबाट सुरु भएको विद्यार्थी, प्राध्यापक र सञ्चालकहरुको ¥याली बजार परिक्रमा गरेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले म्याग्दीको शैक्षिक विकासमा म्याग्दी बहुमुखी क्याम्पसको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले स्तरवृद्धीसंगै म्याग्दी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगीक बनाउन पहल गर्नुपर्ने बताए ।
प्रदेश सभा सदस्य बिनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा जोड दिए । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दी क्याम्पसमा स्नाकोत्तर तहको कक्षा सञ्चालनको तयारी भएको जानकारी दिए ।
पहिलो चरणमा व्यवस्थापन संकायमा स्नाकोत्तर तहको कक्षा सञ्चालनका लागि त्रिभुवन विश्व विद्यालयबाट अनुमतीको प्रक्रियामा रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले जिल्लाको आवश्यकता र सम्भाव्यताको अध्ययन गरेर प्राविधिक विषय सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
जिल्लामै स्नाकोत्तर तह र प्राविधिक विषयको अध्ययन गर्ने सुविधा भएमा धेरै विद्यार्थीहरुलाई राहत पुग्ने तथा उच्च शिक्षामा पहुँच बढ्ने अपेक्षा गरिएको छ । सो कार्यक्रममा प्रध्यापक संघका सभापती भोलानाथ घिमीरे, अभिभावक संघका अध्यक्ष रामप्रसाद सुवेदी, स्ववीयु सभापती साबित्रा खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
पवीवल भक्त स्मृती छात्रवृत्ती कोषका मदन थापा, दलबहादुर स्मृती कोषका चिरञ्जिवी बोगटी र कलावती छात्रवृत्ती कोषका भक्त कार्कीले पनि मन्तव्य व्यक्त गरेका थिए । तिन वटै कोषबाट छात्रवृत्ती र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । वि.स २०४८ पुष १८ गतेदेखि म्याग्दी क्याम्पस सञ्चालन भएको थियो ।
समुदायद्धारा सञ्चालित म्याग्दी क्याम्पसमा हाल कक्षा ११ देखि स्नातक तहसम्म नौ सय जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शिक्षा, व्यवस्थापन र मानविकी संकायको पठनपाठन सञ्चालन हुने गरेको छ ।