२३ असार २०८२, सोमबार

 

जिल्ला युवा समिति बागलुङको अध्यक्षमा पौडेल

जिल्ला युवा समिति बागलुङले झन्डै एक वर्षमा अध्यक्ष पाएको छ । नेपाल सरकार मन्त्रि परिषदको निर्णयले बागलुङ नगरपालिका–११ रायडा“डाका विष्णु पौडेललाई अध्यक्ष नियुक्त गरेको हो । नियुक्त भएस“गै जिल्ला युवा समिति बागलुङका अध्यक्ष पौडेलले एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन । नेपाल सरकालेले पौडेललाई बागलुङको अध्यक्षमा नियुक्ति गरेको हो । पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै नवनियुक्ति भएका अध्यक्ष पौडेलले जिल्लामा रहेको युवाहरुलाई सशक्त र सवलिकरण गर्दै लैजाने बताए ।

उनले युवाहरु दैनिक बिदेशी रहेको अवस्थामा स्वदेशमा नै रोजगारी दिलाउनको लागि बिभिन्न सिप,तालिम हुदै आत्मनिर्भर बनाउन आफनो तर्फबाट सक्दो प्रयास गर्ने बताए । उनले सरकारले युवाहरुको लागि १० वर्षिय योजना अगाडि सारेको अवस्थामा अब दिगो र व्यवस्थि बनाउन सबैको सहयोग र साथ आवश्यक रहेको बताए । उनले १६ देखि ४० बर्ष उमेर भित्रका युवाहरुलाई दक्ष, व्यवसायिक, रोजगारी र विदेश पलाएन हुनबाट रोक्नको लागि काम गर्दै जाने बताए । जिल्ला युवा समिति बागलुङका कार्यालय प्रमुख कुश्माराज उपाध्यायले अध्यक्ष पौडेललाई पदभार गराएका थिए ।

कार्यक्रममा जिल्ला युवा समिति बागलुङका सदस्य एवं जिल्ला समन्य समितिका वरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्मा, जिल्ला खेलकुद समितिका अध्यक्ष धनबहादुर परियार लगाएले अध्यक्ष पौडेललको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । बागलुङमा राष्ट्रिय युवा परिषद अन्र्तगत जिल्ला युवा समिति २०७३ माघ १ गते स्थापना भएको थियो । बागलुङमा एक वर्ष अगाडि स्थापना भएको समितिले अहिले आएर अध्यक्ष पाएको छ । जिल्लामा गत वर्ष युवा उद्यम कार्यक्रम गरिएको थियो ।

समिति मार्फत जिल्लाका जैदी, भकुन्डे, रनसिङकिटेनी र बडिगाढ गरि ४ स्थानमा युवा उद्यम समिति गठन गरि विभिन्न कृषि र पशुपालन व्यवसाय संचालनमा सहयोग गर्दै आएको छ । यस वर्षपनि जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा पाँच/पाँचलाख रुपैया बराबरका कार्यक्रम, ३० हजार बराबरको उद्यमी कार्यक्रम लगाएका कार्य संचालन गरिन लागेको कार्यालय प्रमुख कुश्मराज उपाध्यायले बताए । पदभार ग्रहण कार्यक्रम अध्यक्ष पौडेललको अध्यक्षता र कार्यालय प्रमुख उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung