३२ असार २०८२, बुधबार

 

जाँडरक्सी तथा जुवातास नियन्त्रण अभियान

जैमिनी नगरपालिका–७ जैदीका महिला तथा युवाहरु जाँडरक्सी नियन्त्रण अभियानमा लागेका छन । यहाँ सञ्चालित रोहोटे मैत्री युवा क्लव र हिमचुली आमा समुह अभियान नै चलाएर जाँडरक्सी नियन्त्रणमा लागेका हुन् । जातिगत हिसावले जनजाती र बाहुन क्षेत्रीको बाहुल्यता रहेको यस गाउँमा जाँडरक्सी तथा जुवातासले विकृति बढ्दै गएका कारण यसको रोकथामका लागि अभियान चलाएको हो ।

दिउसै जाँडरक्सी सेवन गरेर हो–हल्ला गर्ने, घरघरै गएर कुटपिट गर्ने तथा अपच शब्द बोल्ने क्रम बढेपछि स्थानीय बासिन्दाले गाउँमा जाँडरक्सीको सेवन तथा विक्री वितरणमा रोक लगाएका छन । जैमिनी नगरपालिका–६ जैदीका वडा अध्यक्ष जितबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले जाँडरक्सी तथा जुवातास विक्री वितरणमा रोक लगाएको छ ।

साथै रोहोटे मैत्री युवा क्लवका अध्यक्ष पिताम्बर चालिसेको अध्यक्षतामा एक अनुगमन समिति गठन भएको छ । समितिले मदिरा बेचबिखन भएको पाईएमा स्थानिय निकायको सहकार्यमा आवश्यक कारवाही गर्ने बताईएको छ । उक्त निर्णय प्रति स्थानियवासीले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung