
जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख विष्णु प्रसाद भुसालले भुकम्प पिडितहरुले सहज रुपमा घर पुननिर्माण गर्न पाउनु पर्ने बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई को आयोजना तथा जिल्ला समन्वय समिति बागलुङको संयोजनमा बडिगाड गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले बस्तो बताएका हुन ।
कर्मचारीहरुलाई काममा सहजिकरण गरिदिन आग्रह गर्दै भुसालले कुनै पनि पीडित छुट्न नहुने बताए । कार्यक्रममा बडिगाड गाउँपालिका–२ का अध्यक्ष हिमा खरेल, ७ का अध्यक्ष कृष्ण गुरुङ लगाएतले बोलेका थिए । सो अभिमुखिकरण कार्यक्रमको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईका केन्द्रिय प्रशिक्षक मोति लामिछानेले सहजिकरण गर्दै योजना लागत, सम्झौता, भुक्तानि लगाएतको विषयमा जानकारी गराएका थिए भने इन्जिनियर विनोद नेपालले प्राविधिक पक्षको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, वडा नम्बर २ का सचिव गिता पौडेलको स्वागत मन्तव्य तथा जिल्ला समन्वय समिति बागलुङका सुचना अधिकृत अखिलनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो । सोही टोलीले मंगलबार ढोरपाटन नगरपालिकामा अभिमुखिकरण कार्यक्रम गर्ने बताईएको छ ।