
‘उद्योग, व्यापार र कलाको विकास गर्ने, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको म्याग्दी महोत्सवले बेनीमा रौन छाएको । महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएका छन् । कार्यक्रमलाई सम्बोधन गर्न नेपाल उद्याग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, प्रदेश तथा प्रतिनिधि सभाका सदस्य लागाएको उपस्थिती रहेको छ ।
महोत्सवमा म्याग्दीका विभिन्न स्थानबाट आएका जातजातीहरुले आफ्नो विभिन्न परम्परागत भेषभूषमा सहित ¥यालीमा उपस्थित भएका छन । ¥यालीमा विभिन्न किसिमका झाँकीहरु प्रदर्शन भैरहेका छन । महोत्सवमा आन्तरिक तथा बाह्य गरी १ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
महोत्सवमा आउने पर्यटकहरुलाई प्रसिद्ध गलेश्वरधाम, रुप्से छहरा, पुलस्य आश्रम, पुन हिल, तातोपानी कुण्ड, लभ हिल, बागलुङको बागलुङ कालिका, पञ्चकोट, पर्वतको लामो र अग्लो पुल, गुप्तेश्वर गुफा, मल्लाज दरबार लगाएका पर्यटकिय तथा धार्मिक गन्तव्यहरुमा भ्रमण गराउने भएको छ ।
महोत्सवमा १ सय ८० स्टल राख्ने भनिए पनि स्टलको धेरैले माग गरेकोले २ सय स्टल पुराएको छ । स्टल स्थानीय उत्पादनको लागि निशुल्क भएको अध्यक्ष कर्माचार्यले बताए । महोत्सवमा टिकट विक्रीबाट ३० लाख, स्टलबाट १७ लाख आम्दानी गर्ने लक्ष्य राखेको बताईएको छ ।