
काँठेखोला बिहुँ–५ कर्लिमका एक सामाजिक व्यक्तित्वे हाल जापानलाई कर्म थलो बनाई आफुलाई स्थापित गरेका दिपक सुवेदिले एक विपन्न परिवारका बालबालिकाको शैक्षिक प्रगतिको लागि आर्थिक सहयोग गरेका छन । उनले समुदायमा रहेका विपन्न अपाङ्ग र असहाय परिवारका विद्यार्थीहरुको शैक्षिक प्रगतिको उदेश्यले दिपवे फाउन्डेशन स्थापना गरेका थिए ।
यही फाउन्डेशनबाट काँठेखोला–२ भिमपोखराका विदुर पौड्यालका दुई सन्तान प्रवेश पौड्याल र प्रशंसा पौड्याललाई शैक्षिक उन्नति र प्रगति को लागि एक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष अमर थापा र दिपवे फाउन्डेशनका संरक्षक बालकृष्ण सुवेदीले १ लाख को चेक हस्तान्तरण गरेका हुन ।विदुर पौडेल आफैमा अपाङ्ग छन् । उनको एक श्रीमति दुई सन्तान रहेका छन ।
उनलाई कसरी गुजÞरा चलाउने भन्ने पिरलो रहेको बेला उनलाई यति ठूलो सहयोग रकम आए पछि पौडेलका परिवारले राहत महसुस गरेका छन् । उनका दुई सन्तान मध्ये छोरा प्रवेश हलचल समेत गर्न सक्दैनन् । उनलाई यताउता गराउन कसैको सहायता लिनुपर्छ । परिवार को आर्थिक अवस्था निक्कै कमजोर रहेको पौडेल परिवार मा उनि र छोरा नै अपाङ्ग भएपछि आम्दानि को कुनै श्रोत छैन ।