५ कार्तिक २०८३, बुधबार

 

‘शैक्षिक क्षेत्रको विकासका लागि दक्ष शिक्षकको आवश्यक हुन्छ’–जिसी

बागलुङ नगरपालिका–८ मा रहेको सिगाना माध्यामिक विद्यालय लामिचौरको ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष राजिन जिसीले शैक्षिक क्षेत्रको विकासका लागि दक्ष शिक्षक हुन आवश्यक रहेको बताए । उनले बालबालिकाहरुलाई सधै सकरात्मक शिक्षा प्रदान गर्नुपर्ने भन्दै शैक्षिक क्षेत्रको सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालयका पुर्व प्रध्यानाध्यापक सिता शर्मा, ऋषीराम गौतम, ज्ञानकुञ्ज प्रा.विका ज्ञानेन्द्र गौतम, भगवती प्रावि.का भद्रबहादुर कार्की, सिगाना माविका अध्यक्ष महेन्द्र खड्का, गोपालकुमार शर्माले बोलेका थिए । विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर कार्कीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा पुर्व अध्यक्ष बुद्धि बिनायक कार्की, पुर्व प्रअ ऋषीराम गौतम, शिक्षक गोविन्द गौतम, छमबहादुर कार्की, अक्षयकोषदाता अम्मरबहादुर कार्की र चन्द्रकुमारी कार्कीलाई सम्मानित गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार गोविन्द कार्कीको अध्यक्षता, शिक्षक लोकबहादुर कार्की र भुपेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung