
चैतको पहिलो हप्तादेखि बलेवा विमानस्थलमा विमान सेवा संचालन गर्ने भए पछि बागलुङ नगरपालिका, उड्यन प्राधिकरण, प्रविधि तथा सरोकारवालाहरुले विमानस्थलकोअवलोकन तथा त्यस विषयमा छलफल गरेका छन । त्यस अवसरमा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले विमान संचालन गर्ने नगरपालिकाले गर्नु पर्ने सम्पूर्ण सहयोग पूर्ण रुपमा गर्ने नगर प्रमुख पौठेलले बताए ।
उनले बलेवा विमानस्थल स्थानीयवासी, नगर लगाए सबैले हातेमालो गरेर चैतसम्म विमान संचालन गरेरै छोड्ने बताए । त्यस्तै उड्यान प्रधिकरण करणका प्रबन्धक इन्द्रराज अधिकारीले विमानस्थल संचालनको लागि बलेवा उपयुत्तल स्थान भएको र चैतसम्ममा संचालन गर्नका लागि यस वरपर भएका रुखहरु तथा अग्ला घरहरुलाई हटाउनु पर्ने र उनीहरुले छिट्टै नै यसको रिपार्ट निकाल्ने बताए ।
त्यस्तै विमानस्थल सर्वे गर्न आएका सिविल ईन्जिनियर मिनराज वझाले पनि विमान स्थल आसपासमा भएका अग्लाअग्ला रुख, बाँसघारीहरु काट्नु पर्ने, गुड्ने चौरमा भएका खाल्डाहरु पूरपार गर्नुपर्ने बताए । त्यसैगरी बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादु खत्रीले विमानस्थल वरपर गर्नु भउका झाडी तथा घाँसपातहरु लगाए अन्य कार्य आफुहरुले गर्ने र यसमा नेपाल प्रहरी, नेपाली सेना लगाएत स्थानीयहरुले सहयोग गर्न उनले आग्रह गरे ।