२९ असार २०८२, आईतवार

 

चैत्राष्टमी मेलाको तयारी तीब्र

कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेला २०७४ को तयारीलाई तीब्र पारेको छ । चैत्राष्टमी मेलाको अवसरमा विभिन्न प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमहरु हुने भएका छन् । सो अवसरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता, छेलो, फुटबल लगाएतका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।

सो अवसरमा आयोजना गरिने कालिका कप भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ५० हजार राखिएको छ भने द्धितीय पुरस्कार १ लाख र तृतिय पुरस्कार ५० हजार राखिएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

गुठीले विगतका वर्षहरुदेखि नै चैत्राष्टमी मेलाको व्यवस्थापन गर्दै आएको छ ।

यो मेलामा सबैलाई निशुल्क प्रवेश गराउने व्यवस्था मिलाईएको समितिका अध्यक्ष खड्काले जानकारी दिए । चैत्राष्टमी मेलालाई लक्षित गरी समितिले विविध खेलकुद, सांगीतक कार्यक्रम, भजन कृतन, रथ यात्रा, व्यवसायिक स्टल व्यवस्थापन लगाएत भक्तजनहरुको व्यवस्थापन तथा सुरक्षाको लागि उप–समिति बनाईएको छ ।

समितिले प्रचारप्रसार, प्रायोजनको लागि राष्ट्रिय तथा स्थानीय व्यवसायिक तथा वित्तीय संस्थाहरुसँग छलफल अगाडी बढाउन लागेको मेलाका सचिव कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung