
ढोरपाटन नगरपालिकामा शनिबार कर्मचारी बिदाई तथा स्वागत कायक्र्रम सम्पन्न भएको छ । साबिकको बुर्तिबाङ गाउँ विकास समिति तथा साबिककै खुंगा गाउँ विकास समिती अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा वडा सचिवका पदमा काम गर्दै आएका विष्णुप्रसाद शर्मालाई बिदाई तथा हालै ढोरपाटन नगरपालिकामा सचिवका पदमा नियुक्त भएका कमलप्रसाद काँडेललाई स्वागत गरिएको छ ।
२०७२ साल कार्तिक १२ गतदेखि कार्यभार सम्हालेका शर्मा जिल्ला समन्वय समिति कार्यालय नवलपरासीमा नायब सुब्बाको पदमा सरुवा भएका थिए । स्वागत तथा बिदाई कार्यक्रमका अवसरमा बोल्दै बिदाई भएर जाने शर्माले , आफुले बुर्तिबाङ गाउँ बिकास समितिमा नियुक्त भएर आउदा गाबिस फेल भएको अवस्था भएको स्मरण गर्दै गत वर्ष बुर्तिबाङ गाउँ विकास समितिलाई ७५ लाखको मालीक बनाएको बताए ।
आफ्नो कार्यकालमा नियमसंगत र व्यावहारीक तरीकाले काम गर्न पाएकोमा खुसी व्यक्त गरे । थप बोल्दै उनले आफु जहाँ रहे पनि ढोरपाटन नगरपालिकाको स्तरोन्नतीको कामना गर्दै यहाँबाट पाएको मायाँ र सम्मान कहिल्यै नभुल्ने बताए । त्यस्तै ,सिङ्गो ढोरपाटन नगरपालिकाको सचिवका पदमा नियुक्त भएका कमल प्रसाद कँडेलले बिदाई भएर जाने विष्णुप्रसाद शर्माको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफुलाई स्वागत गरेकोमा खुसी व्यक्त गरे ।कँडेलले आफुले ढोरपाटन नगरपालिकाका ९ वटै वडा को कार्यभार सम्हाल्नुपर्ने भएकाले सबै वडाको काम चुस्त हुन नसक्ने बताए । उनले नगरपालिकाले हरेक वडामा वडा सचिव राख्ने कुरामा विशेष ध्यानाकर्षण हुनुपर्ने बताए ।
साथै उनले आफ्नो बलबुद्धि र सम्पुर्ण विवेक लगायर कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए । ढोरपाटन नगरपालिका–१ का अध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष युवराज महत, ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिमगर, ढोरपाटन नगरपालिकाका निमित्त प्रसाशकीय अधिकृत चण्डीराज पौडेल, लेखा संयोजक बसन्त पौेडेल, कृषि शाखा प्रमुख हुमबहादुर थापा , पशु शाखा प्रमुख खुमानन्द पोखरेल, समाजसेवी केशर छन्त्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्र ढोरपाटन नगरपालिका — २ का वडाध्यक्ष युबराज महतको स्वागत र सामाजिक परीचालक विष्णु विश्वकर्मा ले गरेका थिए ।