
बागलुङ जेसीसको ४० औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जेसीस २०१७ का अध्यक्ष जोन बज्राचार्यको अध्यक्षता, बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा उत्कृष्ट नवा प्रवेशी सौगात खड्का, सर्वाधिक संलग्नता सौरभ श्रेष्ठ, सर्वाधिक उपस्थिती आकृति भण्डारी र उत्कृष्ट योजना अध्यक्ष मनोजकुमार विकलाई सम्मान गरिएको छ ।
त्यस्तै सो अवसरमा मोहन माया अवार्ड बलबहादुर थापा, हरि लक्ष्मी नारायणप्रसाद अवार्ड जोहन बज्राचार्य र पूर्ण तारा अवार्डले पूर्व अध्यक्ष ईन्द्र श्रेष्ठलाई सम्मान गरिएको हो । त्यस्तै कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष जोन बज्राचार्यले नवनिर्वाचित अध्यक्ष लालकुमारी बस्नेत अम्बिका लगाएत निर्वाचित भएका सम्पूर्ण सदस्यहरुलाई सपथ खुवाएका हुन । बज्राचार्यले सपथ खुवाउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबै जेसीसहरुलाई धन्यवाद दिँदै र नयाँ निर्वाचित भएका जेसीसहरुलाई सफलताको शुभकामना दिए ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष बस्नेतले आफ्नो कार्य अवधिभर सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्ने आशा गरेको बताईन् । उनले आफ्नो कार्यकालमा आफुले गर्नु पने बसै कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमको सो अवसरमा जेसीसका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले पत्रकार महासंघ बागलुङको भवन निर्माणका निम्ती ११ हजार ५ सय ५५ रुपैया संस्थाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जेसीसका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, पर्वत जेसीसका अध्यक्ष राजन केसी, लेखनाथ जेसीसका सन्दिप ढुङ्गाना, पोखरा जेसीसका अध्यक्ष शिव सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, धौलागिरी अंचल अस्पतालका डाक्टर तथा मेडिकल सुपरीटेन्डन सागर राजभण्डारी लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम वर्ष २०१६ की अध्यक्ष पार्वती अधिकारीको स्वागत र वर्ष २०१७ का महासचिव बलबहादुर थापाको संचालनमा सम्पन्न भएको हो ।