१९ असार २०८२, बिहीबार

 

रघुघाटमा आमा समूहद्धारा सामुदायिक भवन निर्माण

- गलेश्वर र आसपासका धार्मिक स्थलको एकिकृत विकासमा सांसद केसीको जोड

म्याग्दीको रघुगंगा गाउँपालिका–३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिविधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायिक भवन बनाएका हुन् ।

चार लाख ५१ हजार ५ सय ६० रुपैयाको लागतमा एक कोठे भवन निर्माण भएपछि भेला, बैठक बस्न, तालिम सञ्चालन र विभिन्न सामाजिक काम गर्नका लागि सहज हुने अपेक्षा गरिएको छ । समूहको ६६ हजार ९ सय ६८, दुई लाख ८४ हजार ६ सय २२ रुपैया चन्दा र एक लाख रुपैया ऋणमा भवन निर्माण गरेको समूहकी सचिव बिमला शर्मा चालीलेसे बताईन् ।

शनिबार भवनको उद्घाटन गदैै प्रदेशसभा सदस्य बिनोद केसीले आग्रह र पूर्वाग्रहबाट टाढा रहेर देश विकासमा सबै एक जुट भएर अघि बढ्नुपर्ने समय आएको सरकारी निकायको सहयोग बिनै भवन बनाएर रहुघाटबासीले सन्देशमुलक काम गरेको बताए ।
सांसद केसीले निर्माणको क्रममा रहेका राहुघाट जलविद्युत र बेनी जोमसोम कोरला सडकलाई समयमै सम्पन्न गरी यसबाट समुदाय र राज्यले फाईदा लिने वातावरण बनाउनुपर्ने बताए । उनले गलेश्वर, गायत्री मन्दिर र राममन्दिरको एकिकृत विकास गरी गलेश्वरलाई धार्मीक पर्यटक भित्र्याउनु पर्नेमा जोड दिए ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नदी कटानको जोखिममा रहेको रहुघाट र घुमाउने तालको बस्ती संरक्षणको लागि यो वर्ष ५५ लाख रुपैया बजेट विनियोजन गरेको र विद्युतको पोल तथा तारलाई व्यवस्थीत बनाउन नेपाल विद्युत प्राधिकरण मार्फत काम हुने बताए ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी, गायन्त्री मन्दिरका पिठाधीस तारानन्द गिरी, रघुगंगा ३ का वडा सचिव चित्रनाथ शर्मा, पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिव पाण्डे, बालकुमार लामीछाने, खगराज पोख्रेल, लक्ष्मण चालीसे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा आमा समूहले प्रदेशसभा सदस्य केसी, गाउँपालिका अध्यक्ष भण्डारी, वडा अध्यक्ष जिवन मल्ल, जेष्ठ नागरीकहरु लालबहादुर छन्त्याल, नन्दबहादुर बुढाथोकी र तुलबहादुर छन्त्यालका साथै भवन निर्माणमा आर्थिक सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको थियो ।

रघुगंगा आमा समूहका अध्यक्ष फामाया तिलीजाको अध्यक्षता, कोषाध्यक्ष बिमला शर्मा चालीसेको सञ्चालन र सहकोषाध्यक्ष मनीता पुर्जाको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung