२५ असार २०८२, बुधबार

 

पाण्डवखानीमा योजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

गलकोट नगरपालिका–१० पाण्डवखानीमा १ दिने उपाभोक्ता समिति योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । स्थानीय स्तरमा योजनाको कार्यान्वयन गरी बसै क्षेत्रमा एकै तवरले विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

गलकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा गलकोट नगरपालिका–१० पाण्डवखानीका वडा अध्यक्ष तिलक घर्ती मगरको अध्यक्षता गलकोट नगरपालिकाका उप–प्रमुख रेनुका काउचा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काम कर्तव्य अधिकार कार्यालयबाट प्रदान गरिने सेवा र सार्वजनिक परिक्षण सम्बन्धि गलकोट नगरपालिकाका प्रदिपचन्द्र सुवेदीले सहजिकरण गरेका थिए ।

वडा सदस्य रामप्रसाद विकको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव कर्मप्रसाद गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung