
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा आईतबार राति तोडफोड तथा आगो लागि भएको छ । राति १२ बजेको समयमा विद्यालय कर्मचारी कक्षको ताला फोरेर परीक्षाको केही उत्तर पुस्तिका जलाएको र तत्काल विद्यालयका कार्यलय सहयोगी र प्रहरी पुगेर निभाए पछि आगोलागी हुन नपाएको बताइएको छ ।
यस्तै विद्यालयको कम्प्युटर कक्ष र लेखापाल कक्षाको ताला फोरेको छ । विद्यालयका कार्यलय सहयोगी र प्रहरी तत्काल पुगेपछी अन्य क्षती हुन नपाएको प्रहरीको भनाई छ । यस्तै विद्यालयको छेउमै रहेका दुई किराना पसलको समेत ताला फोडीको छ । ताला फोडीय पनि सामान भने नहराएको बताईको छ ।
विद्यालयको ताला फोडी आगोलागीको प्रयास कसले ग¥यो भन्ने बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले जानकारी दिए ।