
बागलुङ नगरपालिका –४ र ५ को सिमाना भएर बग्ने पाग्रेखोला स्थीत भुतेको छहरो खानेपानीको फेरी पाईप काटिएको छ । बागलुङ नगरपालिका–४ कुडुुले छापका १ सय ९ परिवार र बागलुङ नगरपालिका ५ बान्द्रका करिब १ दर्जन घर परिवारलाई खानेपानीको आपुर्तिको लागि पाईप गाडे पछि बागलुङ नगरपालिका–४ फेदीका स्थानीय बिच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।
सो पानीको मुहानको विषयमा यस अघि अदालतमा समेत मुद्धा परि फैसाल भएको थियो । तर उक्त खानेपानीको पाईप काटे पछि स्थानीयहरु नारा जुलुस सहित बिहीबार बागलुङ बजारमा उत्रिएका छन् । उनीहरुले पाईप काट्ने अपराधीलाई कारबाही होस्, खाने पानी समस्या समाधान पुरा गर लगाएतका नारा सहित हातमा रित्तो गाग्री लिएर बिरोध जुलुसमा उत्रिएका थिए ।
भिडियो ः मञ्जुल शाक्य
पाईप काटेको आरोप लगाउँदै स्थानीय दिपक सापकोटा, अर्जुन सापकोटा, धु्रब पौडेल र भुवन केसीलाई स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दाएर गरेका थिए ।
फोटो : सुवास आचार्य