२९ असार २०८२, आईतवार

 

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको भाउ १०४ रूपैयाँ पुग्यो, निगमको घाटा उस्तै

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले विहीबार मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक रूपैयाँ, डिजेल तथा मट्टीतेलमा दुई/दुई रूपैयाँ तथा हवाई इन्धनमा पाँच रूपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।नयाँ निर्णयअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रूपैयाँ पुगेको छ।

यसैगरी डिजेल र मट्टीतेल प्रतिलिटर ८३/८३ रूपैयाँ पर्छ। मूल्य वृद्धिपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २.०१ रूपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३.३७ रूपैयाँ नोक्सान छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung