
बरेङ गाँउपालिका–१ बरेङमा डकर्मी रिफ्रेसर तालिम बुधबारदेखि सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा बागलुङको आयोजना, बरेङ गाँउपालिकाको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । बुधबारदेखि सुरु भएको तालिम ७ दिनसम्म चल्ने छ । २०७२ बैशाख १२ गते आएको महाभूकम्प पश्चात बरेङ क्षेत्रमा नयाँ प्रकारको डकर्मी तालिम गर्ने अवसर दिलाएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा बागलुङलाई विशेष धन्यवाद दिँदै आधुनिकिकरणको सिप सिकी भूकम्प प्रतिरोधात्मक घरहरु बनाउन सिपको विकास हुने अपेक्षा गरिएको छ ।
आम नागरिकको सुरक्षाको लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण आवश्यक रहेकोले तालिममा सिकाईएको सिप अनुसारका घर निर्माण गर्न र सिकेको सिपलाई व्यवहारमा ल्याउन बरेङ गाउँपालिका–१ का वडा अध्यक्ष नरसंहि पुनले प्रशिक्षार्थीलाई अनुरोध गरेका छन् । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय बागलुङ निर्देशक नारायण न्यौपानेले सरकारले बागलुङ जिल्लामा ४ सय जनालाई तालिम दिने लक्ष्य सहित घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा बागलुङले संचालन गरेको तालिम प्रत्येक नगरपालिका ५० र गाँउपालिकालाई २५ जनालाई तालिम दिने लक्ष्य सहित यो तालिम सुरु गरेको बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलयका निर्देशक नारायण न्यौपाने, सर्वोदय क्याम्पस प्रमुख फुलकुमारी शर्मा, ईलाका कृषि केन्द्र बरेङका प्रमुख रुपादेवि शर्मा, सामुदायिक रेडियो बिहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्त्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक नारायण न्यौपानेको अध्यक्षता, उद्यम विकास बागलुङका अधिकृत यममाया श्रीसको संन्चालनमा सम्पन्न भएको थियो । तालिमको पहिलो दिन ईन्जीनियर कृष्ण थापा, घरेलु समितिका उद्योग अधिकृत जमुना सुवेदि, घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक नारायण न्यौपानेले सहजिकरण गरेका थिए ।