२९ असार २०८२, आईतवार

 

किन आउने जाने गर्छ बागलुङमा विद्युत ?

पर्वतको कुस्मादेखि बागलुङसम्मको लाईनमा केहि दिनदेखि विद्युत आउने जाउने गर्दा उपभोक्ताहरुलाई समस्या भएको छ । कुस्मादेखि बागलुङसम्मको लाईनमा रहेका ३३ केभीका ट्रान्सफर्मरलाई ११ केभीको बनाउन लागेको कारण विद्युत आउने जाने गरेको नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख कपिलराज पाण्डेले जानकारी दिए ।


उनका अनुसार वर्षातको समयमा विद्युत आउने जाने समस्या भएकाले यो समस्याको अन्त्य गर्न यो समयमा विद्युत ट्रान्सफर्मर फेर बदल गर्न लागेको पाण्डेले बताए । अब केही दिन मै विद्युत निरन्तर रुपमा आउने उनले बताए ।
केन्द्रदेखि नै समस्या आएको ठाउँमा सुधार गर्ने निर्णय भएकाले मर्मतको कार्य थालिएको पाण्डेको भनाई छ । विद्युत आउने जाने गर्दा यस क्षत्रमा रहेका विभिन्न उद्योग, संचार माध्यम संचालनमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung