
बागलुङ कपडा तथा फेन्सी व्यवसायी संघ ईकाई समिति बुर्तिबाङको बैठक शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष सहविन अर्गेजाको अध्यक्षतामा भएको बैठकले बुर्तिबाङ बजारमा फेन्सी व्यवसाय गर्दै आएका व्यवसायीहरुले अनिवार्य रुपमा आफनो व्यवसाय स्थानीय तहमा दर्ता प्रक्रियामा जाने, बिना दर्ता गाउँगाउँमा हिड्ने पोके व्यापारीलाई कानुनी दायरामा ल्याउन, उधोग वाणिज्य संघ लगाएतका नियमसँग समन्वय गर्दै अगाडि बढ्ने, बुर्तिबाङमा बैसाख महिनामा हुने भनिएको महोत्सवलाई सफल पार्न आवश्यक सहकार्य गर्ने लगाएतका निर्णय गरेको छ ।
बुर्तिबाङमा ६० भन्दा बढि फेन्सी व्यवसायी रहेका छन् । २०७३ सालमा स्थापना गरिएको बुर्तिबाङ ईकाईले समय समयमा बैठक तथा छलफलको आयोजना गर्ने, फेन्सी व्यवसायीहरुलाई एकिकृत गर्ने, लगाएत गत वर्ष हरितालीका तिजमा तिज विशेष कार्यक्रमको समेत आयोजना गरेको थियो ।