
जैमिनी नगरपालिका–१०, नामदुकमा रहेको प्रसिद्ध नामदुक शिवजी मन्दिरमा महाशिवरात्री पर्वको अवसरमा तिर्थालु भक्तजनहरुको घुइँचो लागेको छ । उक्त मन्दिरमा बिहानैदेखि तिर्थलुहरुको आवतजावत सुरु भएको थियो ।
यस मन्दिरमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका भक्तजनहरुको भिड लागेको हो । यहाँ पूजा गर्दा मनोकांशा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ । मन्दिरमा पूजाआजासँगै भजनकृतन गरी भगवान शिवको पूजा गरिरको बताईएको छ ।