
बाजे हरिओम राजोपाध्यायले नेवारहरूको संस्कतिको रूपमा रहेको कन्याहरूको ईयज्ञ (बेलसंग विवाह) को संरक्षण र विकास गर्नुपर्ने बताएका छन । नेपाल भाषा मंका खल बागलुङले आयोजना गरेको सामुहिक ईयज्ञको कार्यक्रम बाजे राजोपाध्यायले यस्तो बताएका हुन ।
उक्त सामुहिक ईयज्ञमा १० जना कन्याहरूको सहभागिता रहेको ईयज्ञका संयोजक महेशचन्द प्रधानले बताए । नेवा बाजेलाई काठमाडौंबाट झिकाएर सामुहिक रूपमा ईयज्ञ गर्दा खर्च कम लाग्ने र समयको वचत हुने नेपाल भाषा मंका खलका अध्यक्ष मुकेश राजभण्डारीले बताए ।
उक्त कार्यक्रममा बागलुङ बजार ,गलकोट र बेनीको कन्याहरूको सहभागिता रहेको थियो । ईयज्ञको शुक्रबार पनि कार्यक्रम रहेको सचिव सुदिप राजभण्डारीले जानकारी दिए ।