
गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले विकासको पूर्वाधारमा सडक महत्वपुर्ण मेरुदण्ड रहेको बताउनु भएको छ । तल्लो सिरबारे हुॅदै उपल्लो सिरबारे जोडने सडकको उदघाटन गर्दै यस्तो बताउनु भएको हो । मोटरबाटोले सडकको पहुॅचबाट पिछडिएका दलितहरुलाई आवागमन र सामाग्री ढुवानी गर्नमा सहज हुने भन्दै नगर र वडाले प्राथमिकताका साथ योजनालाई अगाडी बढाएको वडा अध्यक्ष थापाले बताउनु भयो । आर्थिक वर्ष २०७४/ ७५ को रु ८ लाखको लागतमा निर्माण भएको उक्त सडक निकट भविष्यमा मल्म पाण्डवखानी सडक अन्तरगत मल्मडाॅडामा जोडने लक्ष्य रहेको बताईएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, वडा सदस्य लोक बहादुर थापा, पदमा नेपाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष छुम बहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापा, दिपज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त क्षेत्री, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, छरछरे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मिन बहादुर दर्जी र दलित सञ्जालका अध्यक्ष ललित मरासिनीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा सडक उपभोक्ता समितिको तर्फबाट आर्थिक प्रतिवेदन सदस्य सुनाकी दर्जीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा चन्दादातालाई सम्मान समेत गरिएको थियो । सडक उदघाटन समारोह तल्लो सिरबारे उपल्लो सिरबारे मोटरबाटो उपभोक्ता समिति गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष डिल बहादुर परियारको अध्यक्षता, उपाध्यक्ष छविलाल दर्जीको स्वागत र सदस्य राजकुमार दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।