२ जेष्ठ २०८१, बुधबार

 

बिद्यार्थीलाई व्यावहारिक ज्ञानको लागि कृषि खेती सुरु

बागलुङको एक सरकारी बिद्यालयका बिद्यार्थीले पाठ्क्रममा आधारित रहेर व्यावहारिक कृषि खेती सुरु गरेका छन । बानपा ७ स्थिति विश्वकर्मा माविमा अध्ययन गर्ने तिन सय ५० जना बिद्यार्थीहरुले व्यावहारिक र व्यावसायिक कृषि खेती गर्न थालेका छन ।
बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा विश्वकर्मा माविमा लघु कृषि अभ्यास केन्द्रमार्फत तरकारी खेती थालनी गरिएको छ । पाठ्क्रममा मात्र आधारित रहेको बिद्यार्थीहरुलाई व्यावहारिक र व्यावसायिक खेती तर्फ अगाडि बढाउन विश्वकर्मा माविले प्रयोगात्मक अभ्यास मार्फत तरकारी खेती सुरु गरेको छ । कृषि खेतीबारे सिप सिक्न अवसर पाउ“दा बिद्यार्थीहरु उत्साहित बनेका छन ।
बिद्यालयले १ रोपनी जग्गा बार्षिक ५ हजार रुपैय“ाको दरले भाडामा लिई प्रयोगात्मक रुपमा बिद्यार्थीलाई कृषि सम्बन्धि सिप प्रदान गरेको छ । विश्वकर्मा माविका बिद्यार्थीले दुईवटा टनेल मार्फत टमटार,खुसार्नी,बिभिन्न प्रकारका फुल,तितेकरेला लगाएका तरकारी खेती गर्दै आएको छ । बिद्यार्थीहरुलाई शिक्षकहरुले सहयोग गर्दै आएका छन । बिद्यार्थीहरुले पाठ्यक्रममा मात्र कृषिको कुरा सिक्दै आएको अवस्थामा प्रत्येक्ष रुपमा सम्बन्धित क्षेत्रमा नै खटिएर सिप सिकाउनको लागि बिद्यालयले कृषि खेतीको अभियान सुरु गरेको छ ।
बिद्यालयले कृषि शिक्षालाई खेतबारीमा नै पुगेर गरिने तरीकाबारे सिकाएपछि बिद्यार्थीहरु व्यावहारिक रुपमा अगाडि बढेका छन । बिद्यालयले थालेको अभियानलाई सक्दो सहयोग गर्दै आफुहरुले पनि व्यावहारिक र व्यावसायिक कृषिबारे जानकारी लिन पाएको कक्षा १० मा अध्ययनरत छात्रा रोशिका गौतमले बताइन ।
कृषि शिक्षाले स्थानियस्तरमा नै कृषिबाट आत्मनिर्धर बनाउन ठुलो सहयोग पुग्ने बिद्यार्थीको भनाइ छ । बिद्यार्थीहरु पालैपालो कृषि अभ्यास केन्द्रमा पुग्ने र तरकारीलाई रेखदेख गर्ने गरेका छन । बिद्यालयमा तरकारी लगाउन आवश्यक पर्ने मल,थाक्र्रा,पानी,ल्याउने काम बिद्यार्थीहरुले गर्दै आएका छन । बिद्यार्थीहरुले अहिले तरकारी लगाउदा अपनाउने तरिका,रोगव्याधि नियन्त्रण,गोड्मेल,फलटिप्ने समय,आवश्यक औषधी उपचारबारे पुर्ण रुपमा जानकार बनेका छन । बिद्यालयमा आफुले सिकेको सिपलाई थप प्रयोग गर्न घरमा पनि तरकारी खेती गर्दै आएको कक्षा १० मा नै पठने अर्का बिद्यार्थी सुमन गौतमले बताए ।
बिद्यार्थीहरु फुर्सद्को समयमा बिद्यालयको तरकारीबारीमा पुग्ने गरेका छ । बिद्यार्थीहरुलाई सहयोग गर्न समय समयमा शिक्षकहरुले साथ दिदै आएका छन । पाठ्क्रममा आधारित रहेर श्रमसग“ परिचित गराउदै बिद्यार्थीहरुलाई भोलिका दिनमा यस क्षेत्रमा लाग्ने प्रेरणा मिल्योस भन्नको लागि बिद्यालयमा लघु कृषि अभ्यास केन्द्र स्थापना गरि कृषि खेती गरिएको शिक्षक एवं लघु कृषि अभ्यास केन्दका संयोजक मधुसुदन रेग्मीले बताए ।
आगामी दिनमा बिद्यालयमा थप कृषि सम्बन्धि बिभिन्न खेती गरि बिद्यार्थी,अभिभावक,शिक्षक र स्थानियबासीहरुलाई जानकारी दिने बिद्यालयले तयारी थालेको छ । बिद्यार्थीहरुले उत्पादन गरेका बिभिन्न तरकारीका बिरुवा र खुसार्नीका तिन हजार बिरुवा उनीहरुलाई नै वितरण समेत गरिएको छ । सैद्धान्तिक भन्दा पनि व्यावहारिक शिक्षा प्रदान गर्न र बिद्यार्थीको कक्षामा अध्ययन गर्ने ‘पेशा व्यवसाय’ भन्ने पाठक्रमको परिपुत्र्ति गरि ज्ञान प्रदान गर्न कृषि खेती गरिएको विश्वकर्मा माविका प्रअ योगेन्द्र प्रसाद खनालले बताए । यसले बिद्यार्थीको जिवनमा परिवर्तन ल्याएको छ ,प्रअ खनालले भने,आगामी दिनमा कृषिको विकासको लागि थप टेवा पुग्ने छ ।
थोपा सिंचाई र मल्चीङ बिधि अपनाएर तरकारी खेती गरिएको छ । बिद्यालयले कृषि सम्बन्धि सिपहरु बिद्यार्थीहरुलाई समय समयमा प्रदान गर्दै आएको छ । आर्गानिक तरिकाले बिद्यालयमा तरकारी खेती गरिएको छ । आगामी दिनमा अन्य जमिन भाडामा लिई बिद्यार्थी,अभिभावकहरुलाई कृषिको व्यावसायिक खेतीमा लाग्न सक्ने गरि सिप प्रदान गरिने बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्