२१ बैशाख २०८१, शुक्रबार

 

लिड्स नेपालद्वारा विपन्न परिवारलाई बाख्रा वितरण

बागलुङ । बागलुङ नगरपालिका ८ सिगाना लामिचौरका विपन्न वर्गका किसानहरुलाई बोयर जातका बाख्रा वितरण गरिएको छ ।

लिड्स नेपाल बागलुङ शाखाले १० परिवारलाई एक एक वटा बाख्रा वितरण गरेको हो । लिड्स नेपाल बागलुङ शाखाका प्रमुख बिन्दु देवी शर्मा, म्याग्दी शाखाका प्रमुख निशा महत, संरक्षक कृषि सहकारीका प्रतिनिधि होम थापाको उपस्थितिमा बाख्रा वितरण गरिएको थियो ।

विपन्न परिवारको आयआर्जन वृद्धि गर्नका लागि बाख्रा वितरण गरिएको बागलुङ शाखाका प्रमुख शर्माले बताउनु भयो । त्यस्तै पाँच परिवारलाई प्लास्टिक टनेल वितरण गरिएको थियो ।

लिड्स नेपालले गत चैत्र २७ गते किसानहरुलाई अदुवा खेती सम्बन्धि तालिम समेत प्रदान गरेको थियो ।

लिड्स नेपालले बागलुङ र म्यादी जिल्लामा केही बर्ष देखि विपन्न अपांग दलित परिवारलाइ लक्षित गरेर बिभिन्न आय मुलक तालिम तरकारी खेतीका लागि आवश्यक विउबिजन बाख्रा वितरण गरेर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्