२ जेष्ठ २०८१, बुधबार

 

राज पुनको उन्नती-गोलभेँडा बेचेर एक सिजनमै ५ लाख आम्दानी

गुमानसिंङ भण्डारी,बागलुङ । बेरोजगारीको समस्या देखाउदै दिनहुँ युवायुवतीहरु विदेशी जाने क्रम चलिरहेकोे समयमा गलकोटको हरिचौरका एक युवा किसानले गोलभेँडा (टमाटर) बचेर ५ लाख बढि आम्दानी गर्नुभएको छ । गलकोट नगरपालिका ६ हरिचौर ठुलाथर दर्मका २९ बर्षिय राज पुनले आफ्नै बारीमा गरेको व्यवसायीक टमाटर खेतीवाट एक सिजनमा ५ लाख रुपैया भन्दा बढि आम्दानी गरेको बताउनुभएको छ ।

विदेशपछि स्वदेश
झण्डै १ बर्ष इराक बसेर घर फर्कनुभएका केसीले विगत २ वर्षदेखि गाउँमा टमाटर खेती गर्दै आउनुभएको छ ।
अर्काको देशमा काम गर्नुभन्दा आफ्नै जमिनमा स्वेदशमा केही गर्ने सोचका साथ स्वेदश फर्किनुभएका केसीले स्थानीयहरुको सल्लाहमा गरेको टमाटर खेतीवाट अहिले राम्रो आर्थिक आम्दानी गर्दै आउनु भएको छ । \

गाउँमा टमाटर आवश्यकता पर्दा हटिया बजारबाट लैजानुपर्ने बाध्यता रहेको उक्त गाउँमा स्थानीय हरिचौर बजारको आवश्यकतालाई समेत मध्यनजर गर्दै पुनले सुरु गर्नुभएको व्यवसायीक टमाटर खेतीको उत्पादन पछिल्लो समयमा हरिचौर बजारसँगै हटियाबजारसम्म आउने गरेको छ ।


३ लाख लगानी
करिब ३ लाखको लागतमा सुरु गरिएको टमाटर खेतीवाट बार्षिक सम्पुर्ण खर्च कटाएर ३ लाख बढि बच्ने पुनले बताउनुभयो ।

टमाटर खेती सुरु गर्दा सुरुमा केही अप्ठेरो भएपनि व्यवसाय सुरु गरेको केही समयपछि गलकोट नगरपालिकाले हाते ट्याक्टर र २ वटा प्लाष्टिक टनेल प्रदान गरेपछि खेतीगर्नका लागि सहज भएको पुनले बताउनुहुन्छ । पुनले १७ मिटर लम्बाई र ७ मिटर चौडाई भएको एउटा र १२ मिटर लम्बाई र ६ मिटर चौडाई भएका ४ वटा टनेलमा टमाटर उत्पादन गनुभएको छ । आफनो ब्यक्तिगत करिब ३ रोपनी बारीमा टमाटर खेति गरेको उहाँको भनाई छ ।

बजारको अभाव छैन
व्यवसायीक रुपमा सञ्चालन गरेको टमाटर व्यवसायवाट राम्रो टमाटर उत्पादन भएकाले उहाँले उत्पादन गरेको टमाटर स्थानीय हरिचौर बजारका तरकारी ब्यापारी नरबहादुर बिकले होलसेलमा खरिद गर्ने गनुभएको छ । जसले गर्दा पुनलाई बजारका लागी भौतारिनु परेको छैन ।

व्यवसायीक टमाटर खेतीका माध्यमवाट गाउँमा चिनिन सफल पुनलाई अहिले ईराकमा गरेको दु।ख भन्दा स्वेदशमा आफ्नै मेहनतमा सञ्चालन गरेको आफ्नै व्यवसाय राम्रो लाग्ने गरेको समेत बताउनुभएको छ ।

टमाटर रोप्ने,गोडमेल गर्नेदेखि लिएर उप्पादन भएको टमाटर टिप्नका लागि समेत आफनो परिवार नै लाग्ने गरेको बताउनुभयो । आफनो परिवारले सम्पुर्ण काम गर्ने भएका कारण कामदारहरु राख्नु पर्ने समस्या नरहेको पुनको भनाई छ । केसीले व्यवसायीक टमाटर खेतीसँगै च्याउ खेति समेत गर्दै आउनुभएको छ ।

टमाटरसँगै च्याउ खेती
टमाटरसँगै केसीले ब्यवसायीक च्याउ खेतिबाट समेत बार्षिक लाखौ आम्दानी गर्न सफल भएको बताउनुभयो । गत बर्षबाट सुरु गनुभएको च्याउ खेतिबाट गत बर्ष मात्रै १ लाख ५० हजार आम्दानी गर्न सफल भएको बताउनुभयो ।

कन्ने जातको च्याउ हरिचौरमा उत्पादनका हिसाबले राम्रो हुने भएकाले पुनले गत बर्षदेखि च्याउ खेतिलाई समेत ब्यवसायीक बनाउनुभएको छ । गत बर्ष करिब ७० पोका उत्पादन गरेको थिए पुनले भन्नुभयो १ पोकामा करिब ९ केजि हुने गदर्छ ।

 

१ केजिलाई बजारमा ३ सय रुपिया पर्ने भएपनि घरबाट उहाँले २ सय ८० रुपिया सम्ममा बिक्रि गर्ने गरेको बताउनुभयो । यस बर्ष पुनले करिब १ पोका च्याउ उत्पादन गर्ने बताउनुभयो । पुनले बन्दा, काउलि, साग लगाएतका तरकारी बालि समेत उत्पादन गर्दै आएको बताउनुभयो । सम्पुर्ण तरकारी बालिहरु हरिचौरका बिकले खरिद गर्ने गनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्