२ जेष्ठ २०८१, बुधबार

 

विउँ तथा कृषि सामाग्री प्रदान 

बागलुङ÷ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा  विउँ विजन तथा कृषि सामाग्री विरण गरिएको छ ।
काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६का लागि विनिजोजि गरेको ५ लाख ४४ हजार रुपैंयाबाट रेशका अगुवा कृषक तथा विभिन्न कृषक समूहहरुलाई  तरकालीका विभिन्न प्रजातिका  विउँ र ३० थान ट्रर्नेल प्लाष्टिक वितरण गरिएको वडा स्तरीय  कृषि समिति रेशका  सचिव प्रजापती गौतमले बताउनुभयो ।
विउँ तथा कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका ७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले कृषिमा आत्मनिर्भर हुन सकेमा देशको समृद्ध संभव हुने बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँकार्यपालिका सदस्य शारदा थापा, वडा सदस्य कृष्ण थापा, कृषि सेवा शाखा विहुँका प्रमुख होमलाल न्यौपाने, समाजसेवी ओम प्रसाद थापा, भिम बहादुर थापा, चित्र बहादुर कार्र्की लगायतले बोेल्नुभएको थियो ।
कार्यक्रममा वडा स्तरीय कृषि समिति रशेका अध्यक्ष याम बहादुर कार्कीको अध्यक्षता, सदस्य हिरा बहादुर कार्कीको स्वागत तथा सचिव प्रजापती गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्