
काठमाडौ । ‘साना किसानको सम्बृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ दुइ दिने साना किसान सम्मेलन समपन्न भएको छ ।
विहिबार र शुक्रबार संचालन भएको सम्मेलन काठमडौंमा समपन्न भएको हो । सरकारले साना किसानको लगानीलाई संरक्षण गन निती ल्याउन आवश्यक रहेको निषकर्ष निकालेको छ । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै साना किसान विकास लघुवित्त वित्तिय संस्था लि, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम बहादुर पाठकले अन्तराष्ट्रियस्तरमा भईरहेको प्रविधिको प्रयोग र उत्पादनमा देखिएको बढोत्तरीको साथै नेपालमा भईरहेको कृषि क्षेत्रको खोज आनुसन्धान विज्ञहरुको विचार आदान प्रदान गर्दैं सम्मेलन समपन्न भएको बताए ।
अध्यक्ष पाठकले भने २०७१ सालमा हामीले सम्मेलनको आयोजना गरेका थियाे जसको प्रभावले देशभर साना किसानका संस्था र सदस्य बढेका छन् । साथैं उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको छ । परिवर्तित अवस्थामा आगामी १० वर्षमा नेपाललाई प्राथमिक रुपमा नेपालमा उत्पादन हुने सामग्रीमा आत्मनिर्भर बन्नुपर्ने बताए । उनले संयुक्तराष्ट्र संघले अघि बढाएको दिगो विकास लक्ष्यमा आधारित रहेर गरिवी निवारण, भोकमरीको अन्त्य गर्दै पोषणयुक्त भोजनको व्यवस्था गर्न सक्ने परिवारको विकास गर्ने प्रतिवद्धता गर्न आवश्यक रहेको बताए । उनले वतैमान सरकार द्धारा अगाडी बढाईएको समृद्ध नेपाल खुसी नेपालीको अभियानलाई सहयोग गर्दै धेरै भन्दा धेरै युवा तथा महिलाहरुलाई कृषिमा संलग्न गराउन जोड दिए ।
बि.स. २०३२ देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब ७ सय साना किसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको उनको दाबी छ । सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको जानकारी आयोजकले गराए । सम्मेलनमा बिज्ञद्धारा करिब २ दर्जन कार्यपत्र कार्यपत्र प्रस्तुत गरिए ।
कार्यक्रम अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका थिए । सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह–आयोजक रहे । त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक लि.,राष्ट्रिय वाणिज्य बैंक लि.,स्याकर ट्रेड्रिङ कम्पनी प्रा. लि.,छिमेकी लघुवित्त वित्तिय संस्था लि., प्रभु बैंक लि., आरएमडिसी लघुवित्त वित्तिय संस्था लि.फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लि.,नेपाल डिप इरिगेन प्रा.लि.,मेगनस क्न्सल्टिङ ग्रुप प्रा.ली.,आई सिटी इन एजुकेसन नेपाल, श्रेष्ठ एग्री इनपुट, नेपाल बैंक लि.,एनआईसी एसिया बैंक, सिभिल बैंक,सेञ्चुरी बैंक,सम्मेलनको प्रायोजक रहेका थिए ।