२५ असार २०८२, बुधबार

 

अर्बपतिको सूचीमा विनोद चौधरी २१२ स्थानमा, कति सम्पत्ति ?

काठमाडौं। नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । उनको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर (एक खर्ब ७० अर्ब रुपैयाँ) पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१९ का विश्वका अर्बपतिको सूचीमा उनी २१२ स्थान माथि उक्लिएर १३४९ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष उनी १.५ बिलियन अमेरिकी डलरसहित १५६१ औं स्थानमा थिए ।

रोचक त के भने उनले अर्बपतिको सूचीमा एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाइ अनिल अम्बानीलाई भेटेका छन् । अनिल अम्बानीको सम्पत्ति पनि १.७ बिलियन डलर छ र उनी पनि चौधरीसँगै १३४९ औं स्थानमा छन् । फरक यत्ति हो कि विनोद अम्बानीको सम्पत्ति बढिरहेको छ र अनिल अम्बानीको सम्पत्ति घटिरहेको छ । विनोद चौधरी पहिलो पटक २०१३ मा फोब्र्सको अर्बपतिको सूचीमा पर्दा उनको सम्पत्ति ११ बिलियन डलर मात्र थियो । त्यी वर्ष अनिल अम्बानीको सम्पत्ति भने १३।७ बिलियन डलर थियो । त्यसपछि हरेक वर्ष ओरालो लाग्दै जाँदा अम्बानीको सम्पत्ति १।७ बिलियन डलर मात्र रहेको हो । उनका दाजु मुकेश अम्बानी भने विश्वका अर्बपतिको सूचीमा १३ औं स्थानमा छन् । मुकेशको सम्पत्ति ५० बिलियन डलर छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung