३२ असार २०८२, बुधबार

 

राष्ट्र बैंकका गभर्नरद्धारा बैंकहरुलाई पूर्वाधार विकासमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले  बैंक तथा वित्तीय संस्थाले पूर्वाधार विकासमा लगानी गर्न आवश्यकता रहेको जानकारी गराउदैं देशभित्र संचालनमा रहेका बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गर्न आग्रह गरेका छन् ।

बुधबार नेपाल पूर्वाधार बैंक लिमिटेड उद्घाटन कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई वैदेशिक लगानी भित्र्याएर पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरे । उनले  धेरै मेहनत पछि नेपालमा पहिलो पूर्वाधार विकास बैंक खुल्न लागेको जानकारी गराए । उनले भने – बैंकले पूर्वाधारमा विकास हुनेछ, भन्ने विश्वास दिलाउन आवश्यक छ । नेपालको पूर्वाधार विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई बाह्य लगानी भित्र्याउन पनि राष्ट्र बैंकले आवश्यक वातावरण बनाइदिएको गभर्नर नेपालले बताए ।

गभर्नर नेपालले पूर्वाधार विकासका लागि स्थापना गरिएका बैंकहरुले आफ्नो सम्पूर्ण पूँजी पूर्वाधार विकासमै लगानी गर्नुपर्ने जाेड िदए । बैंक तथा वित्तिय संस्थालाई परियोजना निर्माणका लागि खर्च जुटाउन आग्रह समेत गरे ।   उनले पूर्वाधार विकासमा लगानीको आवश्यकता बढ्दै गएकाले त्यो अभाव पूरा गर्ने काममा बैंक तथा वित्तीय संस्था लाग्नु पर्ने सुझाव दिए ।

आफ्नो उद्देश्य प्राप्तीमा काम गर्न उनको बैंक तथा वित्तिय संस्थाहरुलाई उनको आग्रह थियो । लगातार दुई बर्ष आर्थिक बृद्धिदर उच्च रहेको जानकारी गराउदै उनले यस वर्षपनि आर्थिक बृद्धिदर उच्च रहने विश्वास ब्यक्त गरे । उनले भने ‘उद्देश्य प्राप्तीमा काम गर्नुहोस नेपाल राष्ट्र बैंक तपाईहरुको साथमा छ ।’ कार्यक्रममा उद्घाटन भएको पूर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवालले १ खर्व पुँजी परिचालनको उद्देश्य राखेर संचालनमा ल्याएको बैंकमा ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब रुपैयाँ चालु पुँजी रहेको जानकारी गराए । बैंकमा १० प्रतिशत शेयर सरकारको, १० प्रतिशत निजी क्षेत्रको र बाँकी सर्वसाधरण नागरिकको रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung