१८ बैशाख २०८१, मंगलवार

 

पोखरामा प्रदेशस्तरीय कृषि पत्रकारिता तालिम

पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय तीन दिने कृषि पत्रकारिता तालिम शुरू भएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र पोखराको आयोजना र खोज पाठशाला प्रालिको समन्वयमा तालिम संचालन भएको हो ।
गण्डकी प्रदेशमा रहेका एक स्थानीय तह एक कृषि पत्रकार उत्पादन गर्ने गरि उक्त तालिमको आयोजना गरिएको पाठशाला प्रालिले जानकारी गराएको छ । अनुभवी अग्रज पत्रकार रामचन्द्र बराल, कुलरमज चालिसे, कुलराज चालिसे, शरदचन्द्र श्रेष्ठ, सावित्री बराल, वसन्त अधिकारी शुसिला रेग्मीले प्रशिक्षित गर्दैछन् ।
तालिम कृषि विषयमा आधारित रहेर स्थानीय कृषि उत्पादनका बारेमा दिने अायाेजककाे भनाइ छ । साथै सूचना प्रबिधीको बारेमा समेत तालिम जानकारी गराइने छ । तालिममा गण्डकी प्रदेश अन्र्तगत पर्वत, बागलुङ, पोखरा, स्याङ्जा, नवरपरासीका २५ जना प्रशिक्षार्थी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्