६ जेष्ठ २०८१, आईतवार

 

हेरियट टबम्यान : दासीजीवनदेखि अमेरिकी नोटसम्मको सङ्घर्षगाथा

अन्तराष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवस २१ मार्चको अवसरमा हामी यस्ता संघर्षशील महिलाको वीरतागाथा प्रस्तुत गरेका छौं, जसले आफ्नो मुक्तिको लागि संघर्षको शंखनाद गरे । उनले आफूलाई मात्र मुक्त गराएनन्, उनले रङ्गभेदी प्रणालीले थोपरेको दासताको नारकीय जीवन भोगिरहेका आफूजस्तै थुप्रैलाई मुक्त गराए ।

दासताविरुद्धको लडाइमा सशस्त्र संघर्षसमेतमा हाेमिएकी यी साहसी योद्धाको जीवनगाथा यस्तो छ :

केही इतिहासकारले उनले ७०० सम्म दासीहरुलाई मुक्त गरेको दावी गरेको भए पनि उनी आफैले यो संख्या कम भएको बताउँथिन् । उनले व्यक्तिगत रुपमा कम्तीमा पनि ७० दासीदासीहरुलाई स्वतन्त्र बनाएकी थिइन् ।

हेरियट टबम्यान अमेरिकी इतिहासकी सबैभन्दा परिचित व्यक्तित्वमध्ये एक हुन् ।हेरियट टबम्यानको जन्ममिति समेत ठयाक्कै थाहा छैन । इतिहासकारहरु उनी सन् १८२० को वरपर जन्मिएकी मान्छन् । उनी मेरिल्याण्डमा कृषक दासी परिवारमा जन्मिएकी थिइन् ।त्यो बेलाको नियम अनुसार दासी परिवारमा जन्मिएकी हेरियट जन्मदै स्वतः दासी भइन् । उनका अभिभावकले उनको नाम अरामिन्ता रोज राखिदिएको भए पनि पछि उनले आफ्नो नाम आमाको सम्मानमा आमाकै नाममा बदलिन् ।

हेरियट ८ दाजुबहिनी सहितको ठूलो परिवार जन्मिएकी थिइन् । तर उनको आमाको लाख प्रयासको बावजुद हुर्कदैं गर्दा परिवारका सबैजना दासको रुपमा बेचिँदा परिवार अलग थलग हुदैं गयो ।हेरियट ५ वर्ष हुँदा उनको मालिकले उनलाई एक घरमा शिशु स्याहारको लागि भाडामा दिएका थिए । त्यो घरका मालिक निक्कै अनुदार थिए । आफै बालसुलभ उमेरकी हेरियटले शिशु हेर्दा केही बिग्रिए अथवा शिशु रोए उनीमाथि कोर्रा बर्सन्थ्यो ।

त्यो कलिलो उमेरमै पाएको यातनाले हेरियटलाई जीवनपर्यन्त शारीरिक र भावनात्मक चोट पुगेको थियो । सात वर्षको उमेरमा उनलाई पुनः कृषि मालिकको जिम्मामा भाडामा दिइयो । त्यहाँ उनको काम अन्न खाने मुसालाई पासो थाप्नु थियो । सानोमा आफूले गरेका विभिन्न कामबारे तुलना गर्दै उनले आफूलाई घरभित्रको कामभन्दा खेतीपाती मन पराइन् ।

जीवनको बाटो बदल्ने त्यो घटना

हेरियट १२ वर्ष हुँदाको कुरा हो, उनले काम गर्ने ठाँउमा एकजना दासी भागेका थिए । तर ती अभागी दासी केहीपछि नै दास–मालिकहरुको पञ्जामा परे ।उसलाई समातेर ल्याएपछि अरु दासदासीहरुलाई पाठ सिकाउन सजाय दिन लागिएको थियो । तर विद्रोही हेरियटले उक्त मानिसलाई छेकिन् ।

फलतः भाग्न खोज्ने दासीलाई पाठ सिकाउन हानिएको त्यो भारी चिज उनको टाउकोमा बज्रियो । उक्त घटनबारे स्मरण गर्दै हेरियटले पछि भनिन्, “त्यसले मेरो खप्परनै फुटायो । बेहोस र रगताम्य अवस्थाकी मलाई उनीहरुलाई घर लगेछन् । मेरोमा सुत्नको लागि ओछ्यान पनि थिएन । उनीहरु मलाई परालको चकटीमा छाडेर गए । म त्यहाँ त्यो दिनभरि र अर्को दिन त्यसै लडिरहें ।”

उनलाई त्यो बखत उपचारको अत्यन्त आवश्यकता थियो । तर उनका मालिकले उनलाई बेवास्ता गरे ।यो घटनाले उनलाई आफूले बाँचिरहेको जीवन कति दयनीय रहेछ भन्ने बोध भयो । त्यसले उनी थप विद्रोही भइन् । थुप्रै इतिहासकारहरु उनका पछिका कार्यहरुको प्रेरणा त्यही घटना थियो भनेर मान्छन् ।

तर त्यो दिनको चोटले उनलाई दुई दीर्घरोग पनि दियो । उनलाई सधैं टाउको दुखिरहने र धेरै समय निन्द्रा लाग्ने समस्या सुरु भयो । कतिपय बेला उनी जुनसुकै समय अचानक लडेर अचेत बन्न पुग्थिन् । यो समस्याले उनी दासमालिकहरुले नजरमा काम नलाग्ने भएकी थिइन् ।

सन् १८४९ सेप्टेम्बर १७ को दिन हेरियटले आफ्ना दुई भाइहरु सहित मेरिल्याण्डको कृषिफार्मबाट उम्किन् । उनीहरु पक्राउ परे पुन दासी हुनु त पथ्र्यो नै, त्यसमाथि थप उनीहरुलाई सजाय दिइने कुरा पनि निश्चित थियो ।

दासत्वबाट मुक्ति

सन् १८४० मा हेरियटका पिताले दास मालिकसँग गरेको सम्झौता अनुसार मुक्त भए । हेरियटको आमाको मालिकको अन्तिम इच्छामा ‘हेरियटका आमा र उनका सबै सन्तानहरुलाई दासत्वबाट मुक्त गरिदिनु’ भनेर लेखेका रहेछन् । यो हेरियटको परिवारले थाहा पायो । यस इच्छापत्र अनुसार काम गरिएको भए  हेरियट पनि मुक्त हुनेथिन् ।

तर दासमालिकको छोराले हेरियटकी आमाको मालिकको अन्तिम इच्छा पूरा गर्न अस्वीकार गर्यो ।सन् १८४४ मा हेरियटको विवाह जोन टबम्याससँग भयो । टवम्यान एक मुक्त अश्वेत थिए । दुईबीचको सम्बन्ध सुमधुर थिएन । जोन हेरियटप्रति धेरै जसो दुरव्यवहार गर्थे ।

उसले कयैन पटक हेरियटलाई दासीहरुमाथि कडा व्यवहार गरिने अझ दक्षिणतर्फ बेचिदिने धम्की दिन्थे । उनको लोग्नेको धम्की र उनका दुई भाई बेन र हेनरी अन्यत्र बेचिँदैछन् भन्ने थाहा पाएपछि उनले भाग्ने योजना बनाउन थालिन् ।सन् १८४९ सेप्टेम्बर १७ को दिन हेरियटले आफ्ना दुई भाइहरु सहित मेरिल्याण्डको कृषिफार्मबाट उम्किन् । उनीहरु पक्राउ परे पुन दासी हुनु त पथ्र्यो नै, त्यसमाथि थप उनीहरुलाई सजाय दिइने कुरा पनि निश्चित थियो ।

हेरियटका दुई भाइ जन्मेदेखि कहिले अनुभव नगरेको स्वतन्त्रता प्राप्त गर्न गइरहेकोमा अब के गर्ने भन्ने चिन्ता पनि परे । अत्यासमा उनीहरु बीच बाटोबाटै पुन दासत्वको जीवनमै फर्किए ।तर हेरियट आफ्नो स्वतन्त्रताको लक्ष्यमा अडिग रहिन् । भूमिगत रेलमार्गको बाटो भएर हेरियट पेन्सिलभेनियाको ९० माइल उत्तरतिर पुगिन् ।

स्वतन्त्रता र दास उन्मुलन अभियन्ता

फिलाडेल्फियामा उनले स्वतन्त्र अश्वेतको रुपमा घर–हेर्ने काम गर्न थालिन् । त्यो समय अमेरिकाको दक्षिणी भागमा कृषि र पुरातन जीवनशैलीको बलियो पकड थियो ।त्यहाँ अश्वेतहरुलाई दास बनाउने चलन थियो । तर उत्तरमा तीव्र रुपमा औद्योगिकरणका कारण श्रमिकको आवश्यकता बढेको थियो ।

ठूलो श्रमिक जनसंख्या दासको रुपमा दक्षिणमा रहेकाले उनीहरुलाई श्रमिकको अभाव भएको थियो । यसले गर्दा उत्तरको मानसिकता दासप्रथा विरोधी थियो । दासहरु मुख्यतः कृषिमा संलग्न गरिने र उत्तरमा कृषिफार्मको अभावमा त्यहाँ त्यति दासत्व प्रचलन अभ्यासमा पनि थिएन ।उत्तरी सहर फिलाडेल्फियामा स्वतन्त्र जीवन बिताइरहेकी टवम्यान आफू एक्लैको स्वतन्त्रतामा सन्तुष्ट भइनन् ।

त्यसको केहीपछि नै उनी अमेरिकाको दक्षिणी भागमा रहेका आफ्नी भान्जी र उनका छोराछोरीलाई फिलाडेल्फिया ल्याउनको लागि गइन् । यो यात्रा उनले आफू मुक्त भएको भूमिगत रेलमार्गबाटै तय गरेकी थिइन् ।पहिलो अभियान सफल भएपछि उनले अन्य कयैन पटक दासहरुलाई उत्तर ल्याउने अभियानका लागि दक्षिणमा भूमिगत रेलयात्रा गरिन् ।

एक पटक उनले आफूप्रति क्रुर रहेका श्रीमानलाई पनि उत्तरी भागमा जान भनेकी थिइन् । तर नयाँ विवाह गरिसकेका उनले टबम्यानको प्रस्ताव अस्वीकार गरे । सन् १८५० मा एक ‘फ्युजिटि स्लेभ एक्ट’ (फरार दासी ऐन) ल्याइयो । यस नश्लवादी ऐनले दक्षिणबाट उत्तर भागेका र स्वतन्त्र भएका दासीहरुलाई पक्राउ गरेर पुनः दासी बनाउन सकिने प्रवधान राखिएको थियो ।

यो ऐन पास भएपछि हेरियटले भूमिगत रेलको कण्डक्टर काम छाडेर क्यानडाको नजिक थप उत्तरतिर लागिन । यो यात्रा उनीहरु अरु सुतेको बेला जंगलको मार्ग हुँदै गरेको थिए । जसमा उनले विभिन्न पटकको यात्राका क्रममा उनले मुक्त गरेका दासदासीहरु पनि संगै थिए ।त्यसपछिका दस वर्ष हेरियटले फ्रेडरिक डगलास, थोमस हेरेट र मार्था कोफिन राइटजस्ता दास उन्मुलन अभियानमा लागेका अभियन्ताहरुसँग मित्रता बनाइन् । उनले दासदासीहरुलाई उत्तर ल्याउने आफ्नै छुट्टै भूमिगत रेल संजाल बनाएकी थिइन् ।

केही इतिहासकारले उनले ७०० सम्म दासीहरुलाई मुक्त गरेको दावी गरेको भए पनि उनी आफैले यो संख्या कम भएको बताउँथिन् । उनले व्यक्तिगत रुपमा कम्तीमा पनि ७० दासीदासीहरुलाई स्वतन्त्र बनाएकी थिइन् । यसमा उनका बुढ्यौली उमेरका अभिभावक पनि थिए ।यसका साथै उनले दक्षिणबाट भाग्न इच्छा राख्ने कयैनलाई पनि उनले भाग्न सघाइन् ।

अमेरिकी गृहयुद्धमा संलग्नता

सन् १८६१ मा अमेरिकामा गृहयुद्ध सुरु भयो । एक वर्ष अघि राष्ट्रपति निर्वाचित अब्राहम लिंकनले चुनाव जितेमा देशभरिका अश्वेत दासदासीहरुलाई मुक्त गर्ने नारा ल्याएका थिए ।यसबाट पहिले आत्तिएका दक्षिणका दास मालिकहरु लिंकन विजयी भएपछि दक्षिणका राज्यहरु समेटेर अलग राष्ट्र घोषणा गर्ने अवस्थामा पुगे ।

यसपछि दुई अमेरिकी संघबीच युद्ध सुरु भयो । हेरियटले यो युद्धलाई दास प्रथाविरुद्ध लड्ने मोर्चाको रुपमा लिइन् । त्यो बेला महिलाहरु युद्धमोर्चामा जान पाउदैन थिए ।उनले अन्य विभिन्न पदमा रहेर युद्धमा अब्राहम लिंकन पक्षबाट युद्धमा सहभागी भइन् । उनी फोर्ट मोनरोमा दक्षिणबाट भागेका अश्वेतहरुलाई भर्ती गर्न सघाउने पदमा थिइन् । त्यहाँ उनले त्यस अतिरिक्त नर्स, भान्छे, धोबीको काम पनि गरिन् ।

उनले अन्य विभिन्न पदमा रहेर युद्धमा अब्राहम लिंकन पक्षबाट युद्धमा सहभागी भइन् । उनी फोर्ट मोनरोमा दक्षिणबाट भागेका अश्वेतहरुलाई भर्ती गर्न सघाउने पदमा थिइन् । त्यहाँ उनले त्यस अतिरिक्त नर्स, भान्छे, धोबीको काम पनि गरिन् ।

सन् १८६३ मा हेरियट अब्राहम लिंकनको युनियन सेनाको गुप्तचर र स्काउट संजालको एक शाखाको प्रमुख भइन् । यस पदमा रहेर उनले विगतमा आफू उम्कँदाका हिँडेको बाटोका अनुभवका आधारमा युनियन कमाण्डरहरुलाई दक्षिणी राज्यको कन्फडरेट सेनाका आपुर्ति मार्गबारे महत्त्वपूर्ण सूचना दिएकी थिइन् ।

गृहयुद्धपछि महिला मताधिकार दिनुपर्ने अभियान्ता

गृहयुद्धपछि हेरियट न्यूयोर्कको योवर्नमा रहेको आफ्नो जग्गामा बस्न थालिन् । उनले पूर्व दास तथा गृहयुद्धमा लडेका नेल्सन डेभिससँग दोस्रो विवाह गरेकी थिइन् ।विवाहको केही वर्षपछि उनीहरुले गेरटी नामकी सानी युवतीलाई धर्मपुत्री बनाए ।उनी आफ्नो गच्छेले भ्याएसम्म आवश्यकता परेका जो कोहीलाई सघाउथिन् । उनले घरमा फलेका अन्न, पालेका सुँगुर बेचेर र साथीहरुबाट प्राप्त भएका दान र ऋणको रकम प्रयोग गरेर आवश्यक पर्नेहरुलाई सघाउँथिन् ।

उनी असाक्षर थिइन् । तर पनि उनी साक्षर महिलाहरुको नेतृत्वमा चलिरहेको महिलाहरुलाई मताधिकार दिनुपर्ने आन्दोलनमा पनि सहभागी भइन् । यस क्रममा उनले अमेरिकाको उत्तरपूर्वी भागमा यसपक्षमा मत निर्माण गर्न यात्रा पनि गरेकी थिइन् ।

उनले जीवनका कहिले पनि विद्यालयको मुख देख्न पाइनन् । यसैले उनी असाक्षर थिइन् । तर पनि उनी साक्षर महिलाहरुको नेतृत्वमा चलिरहेको महिलाहरुलाई मताधिकार दिनुपर्ने आन्दोलनमा पनि सहभागी भइन् । यस क्रममा उनले अमेरिकाको उत्तरपूर्वी भागमा यसपक्षमा मत निर्माण गर्न यात्रा पनि गरेकी थिइन् । यस क्रममा उनको चर्चित अमेरिकी महिला मताधिकार नेतृ सुसन बी एन्थोनीसँग पनि काम गरेकी थिइन् ।

सन् १८९६ मा हेरियटले आफ्नो घर छेउमा जग्गा किनेर त्यहाँ वृद्ध र असाहय अश्वेतहरुको लागि आश्रयस्थल खोलिन् ।१२ वर्षको उमेरमा टाउकोमा बज्रेको चोटले उनलाई जीवनभर सताइरह्यो । वृद्धावस्थासँगै उनको पीडा बढ्दै गएपछि उनले पीडा कम गर्नको लागि मस्तिष्कको शल्यक्रिया पनि गराइन् ।

तर पनि उनको स्वास्थमा सुधार आएन । यसैले गर्दा सन् १९११ मा उनले आफैले खोलेको आश्रयस्थल पुगिन । सन् १९१३ मार्च १३ मा न्युमोनियाको कारण हेरियट टबम्यानको मृत्यु भयो ।

टबम्यानको सम्मान

उनले दास उन्मुलन अभियानमा पुर्याएको योगदानको लागि अमेरिकाका कयैन विद्यालय र संग्राहालय उनको नाममा नामाकरण गरिएको छ ।उनको जीवनीलाई समेटेर कयैन पुस्तक, फिल्म र वृत्तचित्र निर्माण भएका छन् ।दोस्रो विश्वयुद्धको एक अमेरिकी युद्धकजहाजको नाम नै उनको नामबाट एसएस हेरियट टबम्यान दिइएको थियो ।

सन् २०१६ मा अमेरिकी नोटहरु हेर्ने अमेरिकी टे«जरीले २० डलरको नोटमा रहेको पूर्व राष्ट्रपति तथा दासमालिक एण्ड्रू ज्याकसनको तस्विर हटाएर टबम्यानको तस्विर राख्ने निर्णय गर्यो ।रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्